विद्यार्थीहरुलाई मानवअधिकारको सिद्धान्त र व्यवहार विषयक अनुशिक्षण
सुर्खेत ।
वीरेन्द्रजगर नपा ७ स्थितश्री कृष्ण संस्कृत तथा साधारण मावि इत्रामका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई मानवअधिकारको सिद्धान्त र मानवअधिकार मैत्री व्यवहार विषयक अनुशिक्षण दिईएको छ । इन्सेक कर्णाली प्रदेशको पारस्परिक जवाफदेहितारु मानवअधिकार सुदृढिकरण कार्यक्रम अन्र्तगत शुक्रबार उनीहरुलाई सो बारेमा अनुशिक्षण दिईएको हो ।
मध्यपश्चिम विश्वविद्यालय मानविकी संकायका सहायक डीन कमलेश डिसीले मानवअधिकारको सिद्धान्त र मानवअधिकार मैत्री व्यवहार तथाइन्सेक सुर्खेतका मानवअधिकार अधिकृत सोमप्रसाद चौधरीले सामाजीक उत्तरदायित्वको बारेमा सहजीकरण गरेका थिए ।
युवाहरुलाई मानवअधिकार शिक्षाको बारेमा सचेतिकरण गर्नुको साथै समुदाय, विद्यालय र घर परिवार मामानवअधिकारमैत्री संस्कारको विकास गरी उनीहरुलाई मानवअधिकार संरक्षण सम्बद्र्धनमा समर्पित गराउने उद्देश्यले आयोजितअभिमुखीकरणमा सो माविका ४१जनाविद्यार्थीहरुको सहभागिता रहेको थियो । यसैबीच मानवअधिकारको सिद्धान्त तथा मानवअधिकार मैत्रीव्यवहारलाई सुदृढिकरण गरी विद्यालयमा मानवअधिकार संस्कृतिको विकास गर्न निर्मलाकुमारी शाहीको संयोजकत्वमा११ सदस्यीय युवा मानवअधिकार समुहगठन पनि गरिएको छ । समुहको सदस्यहरुमा स्वस्तिका चौधरी, गोमा बुचामगर, गायत्री जैसी, पुष्पाविसी, जमुना थापा, सन्देशकुमार शाही, युवक पोखरेल, अम्मरप्रसाद पौडेल, पुष्कर शर्मा र विशाल पुजारा रहेका छन् ।
कार्यक्रममा श्री संस्कृत तथा साधारण मावि इत्रामका प्रधानाध्यापक यामलाल घिमिरेको उपस्थिती रहेको थियो ।






