कर्णालीलाई संघले पर्याप्त बजेट उपलब्ध गराउनुपर्ने: उपराष्ट्रपति पुन
सुर्खेत ।
उपराष्ट्रपति नन्दकिशोर पुनले नेपालको प्राथमिकता भनेको विकास नै भएको बताएका छन् । मंगलबार वीरेन्द्रनगरमा आयोजना गरिएको कर्णाली एक्स्पोलाई समुदघाटन गर्दै उनले दु्रतत्तर विकास नै राज्यको पहिलो प्राथमिकता भएको बताएका हुन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षाका साथ द्रुतत्तर आर्थिक विकास अबको राष्ट्रिय प्राथमिकता हो । अबको युग आर्थिक समृद्धिको युग हो ।

आज सबै तहका सरकार, नीजि क्षेत्र वा सामाजिक संघ संस्था सबैले मुलुकको समृद्धिलाई पहिलो प्राथमिकतामा राखेका छन् ।’ उनले भने, ‘देशको समृद्धिका लागि सबै क्षेत्र एक ठाउँमा आउनु र समृद्धिलाई पहिलो प्राथमिकतामा राख्नु नेपाली जनताका लागि खुसीको कुरा हो ।’
उनले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा हुन प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक जीवनमा सकारात्मक परिवर्तन आउनु पर्ने बताए । ‘प्रत्येक नेपाली जनताले सुखी र खुसी महसुस गर्नुपर्दछ ।

समृद्ध कर्णाली, खुसी कर्णालीबासी हुनैपर्दछ । समृद्ध कर्णाली, सुखी कर्णालीबासी विना समृद्ध नेपाल, सुखी नेपाली हुन सक्दैन ।’ उनले भने, ‘कठिन भौगोलिक अवस्थिति र हिजोको दिनमा राज्यबाट उपेक्षित यो कर्णालीको तिव्र भौतिक पूर्वाधार विकास, गुणस्तरीय स्वास्थ्य र शिक्षा, रोजगारी सृजना गर्दै यहाँका जनताको आर्थिक जीवनमा आमूल परिवर्तन ल्याएर उनीहरुको अनुहारमा खुसी दिन सकेनौँ भने समृद्ध नेपाल, सुखी नेपाली बन्दैन ।’
जलविद्युत, कृषि, पर्यटन, खनिज, जडिबुटी, उद्योग कलकारखाना तथा भौतिक पूर्वाधारको विकासका माध्यामबाट देशलाई छोटो समयमै समृद्ध बनाउन सकिने उनको भनाई थियो । ‘यी क्षेत्रको विकासबाट लाखौँका लागि रोजगारी सृजना गरी रोजगारीका लागि विदेशिनुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै गरिवी न्यूनीकरण गर्न सक्छौँ । निर्यात व्यापार वृद्धि गरी व्यापार घाटालाई सन्तुलनमा ल्याउन सक्छौँ ।
लाखौँ पर्यटक भित्र्याउँदा वैदेशिक मुद्रा भित्र्याउन सक्छौँ । गुणस्तरीय शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासका माध्यामबाट प्रत्येक नागरिकलाई सुखी र खुसी बनाउन सक्छौँ ।’ उनी भन्छन्, ‘यी सबै आधार कर्णाली प्रदेशसँग सबैभन्दा बढि छ । जलविद्युत्का लागि कर्णाली र भेरी नदि यहींबाट बग्छन् । कृषिका लागि सुर्खेत उपत्यका, रुकुम, सल्यानका फाँट यहीं छन् । मार्सी धान, कालो सीमि, कोदो यहीं फल्छ । अर्गानिक स्याउ यहीं फल्छ । यार्सागुम्बा लगायतका बहुमुल्य जडिबुटी यहीं पाइन्छ ।
पेट्रोलियम पदार्थको उत्खनन् अध्ययन यहीं भइरहेको छ । खस भाषाको उत्पत्ति भएको जुम्लाको विशाल फाँट र सिंजा उपत्यका यहीं छ । बहुधार्मिक आस्थाको धरोहरका काँक्रेविहार, प्राकृतिक सुन्दरताले भरिएका रारा र शेफोक्सुण्डो ताल, कुविन्दे दह, सिस्ने हिमाल यहीं छन् । मानसरोवर पुग्ने मुख्य नाका र गन्तव्यमार्ग यहींबाट छ ।’ कर्णालीको भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारीका लागि प्रदेश सरकारले स्थापनाकालदेखि नै आफ्नो प्रयास जारी राखेको बताए । तर, कर्णाली प्रदेश सरकार, स्थानीय सरकारहरुको प्रयासबाट मात्रै कर्णालीको विकास हुन नसक्नेमा उनको जोड थियो ।
यसका लागि संघीय सरकारले विशेष ध्यान दिनुपर्ने बताउँदै उपराष्ट्रपति पुनले कठिन भौगोलिक अवस्थिति, पूर्वाधार विकास र आर्थिक परिसूचकमा पछि परेको र हिजोका सरकारबाट उपेक्षित उत्पीडित भएकोले क्षतिपूर्ति तथा राहत स्वरुप कर्णाली प्रदेशका लागि संघीय सरकारले विशेष कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिए ।
‘कर्णालीको विकासको मेरुदण्डको रुपमा रहेको कर्णाली करीडोर, १३३ केभि प्रशारण लाइन विस्तार, जडिबुटी प्रशोधन केन्द्रको स्थापना, पर्यटन प्रवद्र्धन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा एमविविएस कक्षा सञ्चालन, सर्खेत औद्योगिक क्षेत्रको विकास लगायतका पूर्वाधार निर्माणमा संघीय सरकारको ध्यान जाओस् भन्न चाहन्छु ।’ उनले भने, ‘देशको आर्थिक समृद्धिका लागि सरकारको एक्लो प्रयासमात्रै प्रयाप्त हुँदैन । आर्थिक विकासका लागि सार्वजनिक, नीजि र सहकारी क्षेत्रको सहकार्य हुने गरी तीन खम्बे अर्थनीति लिएका छौँ । यसक्रममा हामीले वैदेशिक लगानी भित्र्याउनुका साथै देशभित्रका नीजि क्षेत्रको लगानी पनि अभिवृद्धि गर्दै जानुपर्दछ । अहिले देशमा आन्तरिक तथा बाह्य लगानीका लागि उपर्युक्त वातावरण बनेको छ ।
आन्तरिक तथा बाह्य लगानीका लागि कर्णाली भर्जिनल्याण्ड (कन्याभूमी) हो भन्ने मलाई लाग्छ । म स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई कर्णालीको कृषि, पर्यटन, जलविद्युत, जडिबुटी, पूर्वाधार क्षेत्रमा लगानी गर्नका लागि यस अवसरमा अपिल गर्दछु ।’ राष्ट्रिय अर्थतन्त्रमा नीजि क्षेत्रले खेलिरहेको भूमिकाको उनले प्रशंसा गरे ।









मागहरुः
दोश्रो कर्णाली एक्सपो २०७६
अर्गानिक कृषि, लघु घरेलु उद्योग, पर्यटन, सांस्कृतिक, हस्तकला तथा व्यापार महोत्सव
समुद्घाटन समारोहका प्रमुख अतिथि सम्माननीय राष्ट;पति नन्दबहादुर पुन समक्ष
सुर्खेत उद्योग वाणिज्य संघका तर्फबाट पेश गरिएको मागपत्र
मागहरुः
१) कर्णा लीको राजधानीका रुपमा रह ेको सुर्खेतमा क्ष ेत्रीय अन्तर्राष्टियस्तरको विमानस्थल
निर्माणका लागि पहल गरिनुपर्ने ।
२) सुर्खेत नेपालगञ्ज रत्न राजमार्ग दुई लेन बनाउनुका साथै तथा सुर्खेत दैलेख कालिकोट
जुम्ला हु ँदै मानसरा ेवर जा ेड्ने सडक निर्माणका लागि पहल गरिदिन ुपर्ने ।
३) सुर्खेतको साटाखानीमा प्रस्तावित १ हजार विगाहा क्षत्रे फलमा औद्योगिक क्षेत्र स्थापनाका
लागि आवश्यक पहल गरिदिनुपर्न े ।
४) यस प्रदेशअन्तर्गतका प्रत्येक जिल्लामा सार्वजनिक निजी सहकारी साझ ेदारी अवधारणामा
एक जिल्ला एक उद्यागे स्थापनाका लागि पहल गरिदिनुपर्ने ।
५) पश्चिम सुर्खेतको लखरपाटा तथा सल्यानका े गजेरी सिम ेन्ट कारखाना स्थापनाका लागि
प्रक्रिया शुरु गर्न पहल गरिदिनुपर्न े ।
६) सुर्खेतको विद्य ुत प्रशारणलाई १३२ के.भी.ए बनाउनुका साथै दैलेख, कालिकोट, जुम्ला र
मुगुलार्इ राष्टिय विद्य ुत प्रशारण लाईनमा अविलम्ब जा ेड्न पहल गरिदिनुपर्ने ।
७) चाकै नु े सिमेन्ट कारखाना, माथिल्लो कर्णाली जलविद्युत आयोजना, जाजरकोटको
नलसिंह गाड तथा कालिकोटको तिला कर्णाली जलविद्य ुत आयोजना राष्टिय हीत हुने गरी
सञ्चालनका लागि सरकारका तर्फबाट गर्नु पर्ने आवश्यक नीतिगत,भा ैतिक पूर्वा धार निर्माणको
कार्य यथाशीघ्र शुरु गर्न पहल गरिदिनुपर्ने ।
८) काँक्र ेविहार पुनःनिर्माणमा तीब्रता दिई काँक्रेविहारदेखि दैलेखका े पञ्चकोशी, जुम्लाको
चन्दननाथ ह ुँदै तिब्बतको मानसरा ेवरसम्म जा ेड्ने गरी कर्णाली सकिर्ट को स्थापनाका लागि
आवश्यक पहल गर्न ुपर्ने ।
९) अर्गानिक कृषिको प्रवद्र्धन तथा व्यवसायिकीकरणका लागि अर्गा निक कृषि अनुसन्धान
केन्द्र तथा अन्य आवश्यक पूर्वाधार एवं नीतिगत तयारी गर्न पहल गरिदिनुपर्न े ।
१०) मुगुको रारा ताल, डा ेल्पाको शे फोसुण्डा े, दैलेखका े पञ्चकोशी, जुम्लाको चन्दननाथ,
कालिकोटको चुलिमालिका र पचाल झरना तथा सल्यानका े कुभिण्डे दहलगायत यस क्ष ेत्रमा
पर्यटन लगानी आकर्षण गर्नका लागि आवश्यक नीति बनाउनुपर्ने ।
११) चीनसंग जा ेडिएका कर्णालीका मुगुको गमगढी नाक्च ेनांग्ला सिमिकोट लिमी लाप्चा,
हुम्ला सिमिकोट हिल्सा र डा ेल्पा दुनै धोमुरिम्ला नाका खा ेल्न पहल गरिदिनुपर्न े ।
१२) सुर्खेत दा ंग सल्यान ह ुँदै रुक ुम जा ेड्ने सडकको स्तरा ेन्नति गरी दुई लेन बनाउन पहल
गरिदिनुपर्न े ।
१३) हाल सुर्खेतमा निर्माणाधीन जडीबुटी संकलन तथा व्यवसाय केन्द्रसंग ै जडीबुटी प्रशोधन
केन्द्र सञ्चालनका लागि आवश्यक पहल गरिदिनुपर्ने ।
१४) जाजरकोट र कालिकोटमा पाइने बहुमूल्य रत्नपत्थर उद्योग स्थापनाका लागि पहल
गर्नु पर्ने ।
१५) सुर्खेतमा प्रस्तावित प्रदेशस्तरीय मेडिकल कलेज स्थापनाका लागि तत्काल ठोस
कार्यारम्भ गर्नुपर्ने ।
१६) सुर्खेत दैलेख सदरम ुकाम हु ँदै महाबु कालिकोट जुम्ला दुई लेन सडक निर्माण कार्य
थालनी गर्नुपर्ने ।
१७) गुट ु बेनीघाट तथा तेलपानी भूरीगाउँ सडक निर्माण कार्य सुचारु गर्न आवश्यक पहल
गर्नु पर्ने ।
धन्यवाद ।
.
धनबहादुर रावत
अध्यक्ष













