Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

विद्यार्थी र प्रहरी बिच झडप

सुर्खेत ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरी बिच झडप भएको छ ।

विद्यार्थीहरूले यस अघिआफुहरु संग गरिएको समझौता पुरा नभएको र नतिजा प्रकाशनमा विश्व विद्यालय लापरबाहि गरेको बिषयलाई लिएर परिक्षा व्यवस्थापन कार्यालयमा कुरा गर्न जाँदा कर्मचारीहरुले आफुहरुलाई नराम्रो व्यवहार गरेको मध्पश्चिमाञ्च विश्वविद्यालयका विद्यार्थी निकुन्ज पाण्डेले बताए ।

विश्वविद्यालयले परीक्षा जस्तो महत्वपूर्ण विषयलाई लापरबाही गरेका काराण आन्दोलन गर्न बाध्य हुनुपरेको विद्याथी नेता राजन केसीले जानकारी दिए ।

आन्दोलनका क्रममा विद्यार्थीहरु आक्रमक रुपमा प्रस्तुत हुँदा परिक्षा व्यवस्थापन कार्यालयमा तोडफोड भएको छ ।

उक्त घटनामा प्रहरिको लाठिचाज हुदा विद्यार्थीहरु सामान्य घाइते छन् । आक्रोशित विद्यार्थीहरुले रजिष्ट्रारको कायोलय, डीनको कार्यालय र इन्जिनेरिङ्ग संकायको क्यापस प्रशासनमा समेत ताला लगाई परिक्षा व्यवस्थापन कार्यालयको मुल गेटमा नाराबाजि गदै आफ्नो बिरोधका कार्यक्रमहरु गरेका छन् ।