Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

मतदान गर्दा यस्ता कुरामा ध्यान दिनुहोस्

सुर्खेत
३० वैशाख २०७४
Image result for स्थानीय निर्बाचन
स्थानीय तहको निर्वाचनको मतदान गर्ने दिन भोलि वैशाख ३१ गते आउन अब धेरै धेरै घण्टा छैन । यसपालिको निर्वाचनमा धेरै मत बदर हुने डर सबैमा छ । किनकी निर्वाचन आयोगले तयार गरेको मतपत्रमा समेत सदस्यको कोलममा एक ठाउँमा २ वटा चुनाव चिन्ह भएकोले पनि धेरैलाई अन्यौल परेको छ । अर्कोतिर मतदाता शिक्षा हुनु पर्ने जत्ति नभएको गुनासो समेत आइरहेको छ । मत माग्न आउनेहरुले पनि मत मागे तर यसरी मतदान गर्नु भनेर सिकाएनन् भन्ने गुनासो आइरहेको छ । तरपनि अब मतदान गर्ने समय नजिक नजिकै आइरहेकोले कसरी मतदान गर्दा मत बदर हुनबाट जोगिन्छ त ?

हेरौ केही टिप्सहरु : 

१. मतपत्रमा मतदान अधिकृतको सही छ कि छैन ?
२. मतपत्र च्यात्तिएको त छैन ?
३. मतपत्रमा मसी लतपत भएको , कुनै केरमेट भएको त छैन ?
४. मतपत्रमा मत चिन्ह प्रष्ट छ कि छैन ?
५. तपाइँले मतदान गरेको कसैले हेर्दै त छैन ?
६. खुल्ला सदस्यको अन्तिम मत चिन्ह दुइवटा हुन्छन् तर मत छाप एउटै मात्रै हाल्नु होला ।
७. मत छाप हान्दा चिन्ह भएको कोठा भित्र पार्नु होला । छाप स्वस्तिकको हान्नुहोला, ल्याप्चे छाप नलगाउनु होला,
८. छाप हाने पछि फेरी त्यसै माथि अर्को छाप नहान्नु होला , तपाइँले हानेको छाप पुरै प्रष्ट नभएर केहि फरक पर्दैन ।
९. मतपत्र पट्याउदा तपाइँको छापको मसी नसुकेमा अर्को ठाउँ मा प्रतिछाया पर्न सक्छ, त्यसैले विचार पु¥याएर पट्ट्याउनु होला ।