Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

उपराष्ट्रपति पुनले भने-पृथ्वीनारायण शाह राष्ट्रनायक हुन्

राप्रपाको चियापानमा जान राष्ट्रपति र सरकारसँग सल्लाह गर्ने
२५ पुस, काठमाडौं । उपराष्ट्रपति नन्दवहादुर पुनले पृथ्वीनारायण शाहले नेपाल राष्ट्र निर्माणमा गरेको योगदान बिर्सन नसकिने भन्दै उनी राष्ट्रका नायक हुन् भनेका छन् ।

पृथ्वी जयन्तीका अवसरमा राप्रपाले पुस २७ मा आयोजना गर्न लागेको चियापानको निम्तो दिन गएका राप्रपा नेता दिलनाथ गिरीले पुनको भनाइ उधृत गर्दै अनलाइखबरसँग भने-उनी राष्ट्र नायक हुन् ।

पृथ्वीनारायणको योगदानप्रति गर्व गर्नुपर्ने भन्दै उपराष्ट्रपतिले उनका कामको स्मरण गर्न पुस २७ लाई राष्ट्रिय एकता दिवसका रुपमा विदा दिए नेपाल र नेपालीकै सम्मान हुने बताएका थिए ।

राप्रपाको निम्तोको बारेमा भने आफूले राष्ट्रपति र सरकारसँग परामर्श गरेपछि मात्र निर्णय गर्ने बताएको गिरीले जानकारी दिए । उपराष्ट्रपतिले आफू यसबीचमा कांग्रेस,एमाले र माओवादी केन्द्रका चियापानमा पनि सहभागी नभएको स्मरण गराएका थिए ।
अन्लाइनखबरबाट