Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

जेष्ठ नागरिकलाई सम्मान

सुर्खेत, १३ माघ ।
वीरेन्द्रनगर नगरपालिकाका १७ वटा टोल विकास समितिबाट एक/एक जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । लक्षित कार्यक्रम समन्वय समिति वीरेन्द्रनगरले बिहीबार सम्मान गरिएको हो ।
वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा जेष्ठ नगारिक सम्मान तथा बालबालिका क्षमता विकासका लागि  प्रत्येक टोललाई एक/एक वटा भलिवल समेत प्रदान गरिएको थियो ।

लक्षित कार्यक्रम समन्वय समितिका अध्यक्ष लालबहादुर बुढाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिकाका ज्योति केसी, विशेष अतिथीमा संयुक्त वडा कार्यालयका वडा सचिव देवप्रसाद मुलेल थिए ।

उक्त कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनीधि, वडा नगारिक  मञ्चका प्रमुख प्रतिनीधिहरु उपस्थिती थिए । कार्यक्रमको सहजिकरण निशा वलीले गरेकी थिइन् ।