Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

छैठौँको केन्द्रीय समिति बैठक सुर्खेतमा आज

क्विकखबर सम्वाददाता
२०७३ माघ १३

सुर्खेत ।
अनेरास्ववियू (छैठौँ)को केीन्द्रय समितिको तेस्रो पूर्ण बैठक आज सुर्खेतको वीरेन्द्रनगरमा बस्ने भएको छ । जसको लागि अनेरास्ववियू (छैठौँ) का सबै केन्द्रिय पदाधिकारीहरु सुर्खेत आइपुगिसकेका छन् ।

नजिकिँदै गरेको स्ववियू निर्वाचन र पार्टीले घोषणा गरेको एक बर्षे लामो अक्टोबर क्रान्तिको शतबार्षिकी कार्यक्रमका साथै संगठन सुदृढिकरण विषयमा बैठकमा छलफल हुने अनेरास्ववियू (छैठौँ) भेरी कर्णाली इन्जार्च हस्तराज रेग्मीले बताए ।
बैठकमा सल्लाहकार समितिका सदस्यहरुको समेत उपस्थिति रहने अनेरास्ववियू (छैठौँ)ले जनाएको छ । संघीयताको खारेजी, संविधान कार्यान्वयन र संविधान संशोधनका विरुद्धमा ठोस कार्यक्रम तय गर्ने गरी छलफल केन्द्रित हुने अनेरास्ववियू (छैठौँ) सुर्खेतका अध्यक्ष धर्मराज दानीले जानकारी दिए ।