भमरा नचिनेको फूल – उपन्यास
“अब के गर्ने होला ? त्यसले पनि विवाह गर्ने भयो ।” नियास्रो मान्दै राधा टोलाएर बसिन् । कहिले भुइतिर त कहिले खुला आकासमा उडिरहेका चरा नियाल्दै हिमालको सेतो आकृतीमा आ“खा डुल्दै थिए । उनले परबाट व्याग भिरेर सुजन आइरहेको देखिन् । उनका आ“खा उतर्फ एकोरिरहे ।

“के खाउ“ला जस्तो गरेर हेरेको ? के छ हाल खबर राधा † आजभोलि त भाउ पनि निकै बढेको छ नि †”
“के हुनुथियो र ? हामी जस्ता विग्रिएका मान्छेको । मर्न त बा“कि छ नि † भाउ त कसको बढेको छ आफै तौल लिए भयो नि † लाज सरम नभएपछि जे बोले पनि त भयो । आखिर मलाई बर्बाद पार्नु नै थियो भने किन त्यस्तो नाटक गर्नु पर्दथ्यो ?”
“हैन राधा, मेरो बाध्यता र विवशता पनि बुझ्ने प्रयास गर । हामी एक अर्काबाट भावनाको दुरीले टाढा भएको पनि छ महिना भन्दा बढी भइसक्यो । मेरो त अहिले विवाह गर्ने पटक्कै मन थिएन तर घरबाट दवाव आयो । म आÏनो छुट्टै संसारमा रमाउन थाले । वास्तवमा एवोर्सन पछि तिमीले मलाई हेर्ने दृष्टिकोण बदल्यौ र म बँध्य पनि भए । विगतमा जे भयो त्यसलाई एउटा मीठो पल ठान्नु । हरेक मिठो र रमाइलो क्षण लामो समयसम्म टिकिरहन सक्दोरहेनछ । विगत कोट्याएर भविष्यलाई जोड्ने प्रयास गरियो भने यसमा म पनि कच्चा खेलाडि हैन । मलाईभन्दा पनि समाजले तिमीलाई हेर्ने दृष्टिकोण नै फरक हुन सक्दछ । मलाई के छ र ? तिमीले एवोर्सन गरेको वील मेरो साथमा सुरक्षित नै छ । यदि तिमी मेरो नया“ जीवनमा का“डा बन्न खोज्यौ भने म फूल बनि कदापि हास्न सक्ने छैन । तिम्रो बदनाम गराउन बाध्य हुनेछु । राधा र मेरो सम्वन्ध केवल साथीको मात्र हो । हामी विहे गर्ने विचारमा थिएनौ र छैना“ै पनि सबैलाई भनिरहेको छु । खवरदार † यो वाहेक केही बोल्यौ र रङ्ग भर्यौ भने भोलि समाजको अगाडि मुख देखाउन लाज होला ।”
“भयो, त“ सिल्ली होस् । त“लाई ढिलै भए पनि चिनिसकेकी छु । म बर्बाद भइसके । त“स“ग जीवन विताएर आÏनो जीवनलाई थप बर्वाद बनाउन चाह“दिन । त“लाई मेरो पवित्र मायाले जीन्गगी भर पोलिरहने छ । मेरो अस्मितालाई लुट्नसम्म लुटिस् । के नै पो गर्न ब“ाकी राखेको थिइस् र ? त“जस्ता अधर्मीको एकछिन पनि मुख हेर्नु छैन । थु ः त“ यहा“बाट गइहाल र मेरो जति सक्छस् बद्नाम गर् ।”
सुजन उठ्यो र सरासर हिड्यो । उसको व्यागमा राधालाई दिनको लागि विहेको निमन्त्रणा कार्ड थियो । ऊ फर्केर भन्यो –“जे भए तापनि म तिमीलाई एक असल साथीको रुपमा स्वीकार गरिरहने छु । तिम्रो सहयोगको लागि मेरा हातहरू सध“ै तयार हुनेछन् । यी यो कार्ड, रिता र म तिम्रो आशीर्वादका लागि प्रतिक्ष्ाँरत हुनेछा“ै । अर्को कुरा तिम्रो बुबा आमाले मन पराएको रुपेस नै तिमीलाई सुइटेबल छ । त्यतिको सिम्पल, साधारण, मेहनती, लगनसील र इमान्दार पाउन गाहे छ । तिम्रो बाबा आमाको विवेकलाई पनि मान्नु पर्दछ । आमा बुबाको चाहना भनेको छोराछोरीको सुनौलो भविष्यको परिकल्पना त हो नि † हुन त तिमीले मसित उसलाई भनेका नकारात्मक कुराहरूको बारेमा मैले उत्तिखेर नै बताएकोे थिए“ पनि । उसले सामान्यरुपमा नै लिए जस्तो लाग्यो ।”
“त“ तुरुन्त गइहाल † यहा“बाट । तै“ले बोलेको मलाई सुन्नु छैन । साले कुत्ता अति भयो धेरै नभुक । निमन्त्रणा दिने काम तेरो हो । आउने नआउने विवेक मेरो हो । मैले कार्ड नलिए पनि तेरो विवाह हो भन्ने थाहा पाइसके । त्योभन्दा अरु के चाहेको छस् । तेरा ती पिपासु नजर मतिर नदेखा । त को होस् ? चिनाउनु जरुरी छैन । एक नारीको जीवनलाई बर्वाद पारिस् त्यसैमा आÏनो गर्व गर्दै जा । सुनिनस् मैले भनेको ? तुरुन्त गइहाल ।” सुजन त्यो निमन्त्रणा कार्ड त्यही“ छाडि विस्तारै लाग्यो ।
विगतको गल्तिले राधालाई जलन भयो । “यहि सालेको विश्वासमा परेर अरुलाई धुलो पनि गनिन । तर के गर्ने ? अझ पनि यो ह्दयमा यसैको मायाको महल छ । मिलन पछि विछोड पनि हुने रहेछ । मलाई विगतमा माया दिएर आफूले पनि पाएको जस्तो महसुस भएको थियो । भावि जीवन खुसीका साथ जिउनेमा पूर्ण आशाबादी थिए“ । प्रेममा विछोड हु“दाको जिन्दगी, यति पीडादायी हुन्छ भन्ने पहिला नै थाहा पाएको भए सायद् त्यसरी प्रेम पनि गर्नेे थिइन होला । जब म त्यो सुजनको न्यानो अ“गालोमा हुन्थे त्यतिबेला विछोडमा कसरी बा“च्नुपर्छ भन्ने कुराको अनुभव पनि लिन सकेकी थिइन । मलाई लागिरहेको थियो, सधैभरि नै उसको अगालोमा यसरी नै बाधिएर रहन्छु । तर मेरो त्यो सोच गलत रहेछ । मानिस अझ नारी भएर यो धर्तीमा जन्म लिएपछि हरेक कुरामा सङ्घर्ष गरेर जिन्दगी जिउ“न सिक्नु पर्दोरहेछ । अब म पनि त्यही सङघर्षको प्रण गरेर यो जिन्दगी जिउने छु । चाहेर पनि अतितका ती पलहरूलाई भुल्न किन कठिन भएको होला ? स“गै खाएको, घुमेका ती यादहरू उर्फ । कहिले देउती बज्यै, कहिले बुलबुले, कहिले का“क्रेविहार कहिले घण्टाघर टावर, कहिले रेडियो नेपाल अनि कहिले भेरी नदी पुल त कहिले बयलका“डा गढीबाट सुर्खेत उपत्यकाको अवलोकन । एक पटक कर्णाली चिसापानी पुल पनि स“गै घुम्न गएका थियौ“ । दैलेखकको पञ्चकोसी श्रीस्थान, पादुका र कोटिला अनि बा“केको बागेश्वरी गएर त स“गै जिउने र मर्ने कसम पनि खाएका थियौ“ । उस“गका पलपलका रमाइला अतितका क्षणहरू किन यो दुःखीको यादमा आएका होलान् । ती पलहरू किन विर्सन कठिन भएको होला ? उसलाई हटाउन खोज्दा पनि किन होला मुटुभित्र ख“ादिएर बसेको ? बेवारिसे जीवन, रित्तो माया बोकेर शुन्य सडकमा हि“ड्नुपर्ने बाध्यता आयो । अब म कसको लागि बा“च्नू ? आÏनो मायाको बन्धनभित्र राखेको प्रेमीले नै साथ दिएन भने कसले साथ दिने हो र ? आखिर मेरो प्रेम, माया, सद्भाव, विश्वासलाई झुटो सम्झेर अन्तिममा आएर धोका दियो । हरेक सुख दुःखमा साथ दिनको लागि र सृष्टिको नियमलाई निरन्तररुपमा अगाडि बढाउन पनि जीवनसाथीको आवश्यकता भएको हुन्छ । मानिस एक्लै पनि ब“ाच्न अवश्य सक्दछ । सबैले यही भन्ने हो भने त फेरि के होला ? प्राकृतिक नियमलाई नै चुनौती दिनु पनि ठीक होइन । यदि संसारका मानिसले एक्लै बा“च्न सकिन्छ भन्ने भावना लिए भने त भोलि यो पृथ्वीबाट मानिसको अस्तित्व नै संकटमा पर्न पनि सक्दछ । जन्म, माया प्रेम, विवाह, सन्तान उत्पादन र मृत्यु नै मानिसको जीवनको निरन्तरता रहेछ । यदि महिला पुरुषको मिलन नहुने हो भने त सृष्टिको नियम नै कसरी चल्ने भयो र ? तर के गर्नु ? चाहेर पनि आÏनो सन्तानलाई जन्म दिन सकिन“ मैले । कतै त्यो विश्वासघातीले एवोर्सन गरेको हल्ला फिजाएर बद्नामी त गर्ने होइन ? के गर्ने हाम्रो सामाजिक संरचना, संस्कार र नीति नियमहरू यस्तै छन् जसले मेरै गल्ती देख्नेछन् । जे होला होला आÏनो मन, विचार र भावना बुझ्ने कोही आÏनो आएछ भने त्यसैलाई नै दिलको राजा मानेर आÏनो सुख दुःख कटाउन पर्ला ?”
राधा भुईको धुलोमा औलाले आकृति बनाउन थालिन् । उनले हातमा सानो माटोका टुक्रा लिइन् । पुनः निरास लाग्यो । उनले चारैदिशा नजर डुलाइन् । सुजनको निमन्त्रणापत्रलाई फर्काएर हेरिन् । उनलाई दुःख लाग्यो । एकपटक अन्धकार बढेजस्तो भयो । टाउकोमा हात राखेर झोक्राएर बसिन् । पश्चातापको विकल्प भन्दा तत्काल अरु केहि पनि देखिनन् । उनलाई सुजनसितका विगतका क्षणहरू अझै आउन थाले । उनि सुजनको निमन्त्रणापत्रलाई हातमा समाई बेटारी लामो सुस्केराको साथमा उठिन् ।
२
सुजन र रिता सामाजिक परम्परा अनुसार प्रणयसुत्रमा बा“धिए । सबै साथीहरू सुजनको निमन्त्रणालाई स्वीकार गरी उसलाई सुखद दाम्पत्य जीवनको कामनाको लागि गएका थिए । साथीहरूले धेरै कर गरेका थिए । राधा चाहेर पनि त्यो वैवाहिक समारोहमा उपस्थित हुन सकिनन् । साथीहरू आई विहे रमाइलो भएको कुरा राधासित गरे । राधाले क्याम्पसबाट मनमा कुरा खेलाउदै फर्किन् । जा“गर नलागे पनि खाना बनाइ खाएजस्तो गरिन् । उनलाई पुनः सुजनको विवाहको वारेमा साथीहरूले भनेको याद आयो । अनुहारलाई ऐनामा देखाइन् र बनावटी हासिन् तर भित्री रुपमा रोदन देखियो । उनी कोठामा झोक्राएर बसिन् । राधाले जति विर्सन खोज्दा पनि सुजनसित बिताएका पलहरू झलझल्ती आइ दृष्यहरू अगाडि नाचिरहन थाले । उनलाई तीन वर्ष अघिदेखि अहिलेसम्मका घट्नाक्रमहरुले क्रमबद्ध रुपमा छुन थाले । उनले सुजनसित भएको एक दिनको बार्तालाप सम्झिन् । अरु भोगाइ र सुनाइ पनि ताजा बनेर मानसपटलमा रङ्गी विरङ्गी भएर तामझाम देखाउन थाले ।
“ राधा, के छ खवर ?”
“ठीकै छ । तपाई“को नि ?”
“घरतिरको हाल खबर नि † हेरन मेरो त घरतिर जाने अनुकुलै भएको छैन ?”
“म पनि धेरै भयो नगएको तर ठीक नै छ । हिजो मात्र भाइ आएको थियो ।”
“मेरो त घरतिरबाट कोहि न कोहि त आइनै रहेका हुन्छन् । अनि अरु के छ पढाइ कस्तो चल्दैछ त ?”
“ठीकै त छ भन्नु प¥यो । नियमित क्लासहरू हु“दैनन् । बन्द पनि कहिले के कहिले के कारणले गर्दा भइरहेको हुन्छ ।”
“त्यो त मलाइ पनि थाहा छ नि † मैले त व्यक्तिगत पढाइको बारेमा कुरा गरेको हो नि †”
“ठीकै छ भनेकै त्यहि“ प्रश्नको उत्तर त हो नि † ल, हतार छ म लागे है त ?
“हतार त हुने नै भयो नि † विचरा † हैन नानु ।”
“भयो धेरै फुर्काउन पर्दैन । बा“कि त अर्को दिनको लागि राखौ न हुन्न र ?” मन्द मुस्कानका साथमा टाउको उठाएर ऊ तर्फ कर्के नजरले झिम्काउ“दै आÏनो दिशातिर बढिन् पनि ।
उमेर र शिक्षाले राधालाई परिपक्वता बनाउ“दै लगेको थियो । उनी उमेरमा बीस वर्ष भइसकेकी थिइन् । प्रमाणपत्र तहको दोस्रो वर्षको परीक्षास“गै उनी कम्प्युटर, ल्याङ्गुएजका क्लासहरू लिने गर्दथिन् । उनी एकातिर नपत्याउ“दो रुपमा कसैलाई आÏनो दिलको राजकुमार बनाएर मुटुभित्र सजाउन लागेकी थिइन्, ऊ सुजन थियो । अर्कोतिर उनलाई पनि कसैले दिलकी रानी बनाएर सजाइरहेको थियो जो निरक थियो । उता राधाका मातापिताले पनि कसैलाई उनको बारेमा सोचेको धेरै भइसकेको थियो त्यो रुपेस थियो । अब राधालाई उनको बुबा आमाले रोजेको मान्छे पटक्कै मन पर्न छाड्यो । उनलाई अरु केटा साथीहरूबाट पनि प्रेम प्रस्तावहरू धमाधम आउन थाले । कसैले उनलाई प्रेमपत्रहरू पनि लेखेर दिन्थे । कतिपयले त विवाहका प्रस्ताव पनि राख्न थाले । उनी आफूले मन पराएको सुजनसित नजिकिन थालिन् । यो नजिकिने क्रम बढ्दै गयो । विभिन्न बहाना गराएर उसलाई भेट्थिन् । उनलाई मन पराउनेहरू पनि केही न केही बहाना बनाएर नजिकिएका थिए । उनका बुबा आमा लगायत उनीहरूले मन पराएको केटा रुपेसलाई समेत उनका क्रियाकलापहरू अज्ञात थिए । सुजनले उनको कमजोरीको फाइदा लिनको लागि आपूmले पनि मन पराएको अभिनय थालिसकेको थियो । उसकोे प्रेम भावनात्मकभन्दा पनि वासनात्मक थियो । उनले मन पराएको सुजन र उनलाई मन पराउने निरक एक आपसमा मिल्ने साथी नै थिए । निरकलाई सुजनले वास्तविक रुपमा राधालाई मन पराउ“दैन भन्ने कुरा पनि स्पष्ट थाहा थियो । सुजन र राधाका क्रियाकलापले निरक भावविह्ल हुने गर्दथ्यो । उसले साथीबाट यथार्थ सहयोग पाउनेमा पनि पूर्ण आशावादी नै थियो । तर विडम्वना † सुजनले पनि राधालाई मन पराएको नाटक गर्ने, उनको कोठामा गएर घण्टौसम्म बिताउने, रातविरात उनको कोठामा जान आउन कुनै छेकवार नहुने आदि क्रियाकलाप निरकको लागि सारै असह्य बन्न लागे । सुजन र राधाको क्रियाकलाप जति नजिकबाट निरकले नियाल्थ्यो उति नै उसमा खिन्नता र दुःखीपना छाउथ्यो । निरकले राधासित सुजनले वास्तविक रुपमा उनलाई मन नपराउने कुरा गर्न चाहन्थ्यो तर राधा आपूmसित बोल्न मात्र होइन हेर्न पनि नचाहेको महसुस हुन्थ्यो । उसलाई सुजनसित नै सहयोग माग्दा उपयुक्त हुने कुरा ठीक लाग्यो र एकान्तमा उस“ग कुरा गर्न थाल्यो ।
“हेर सुजन, तिमी र म त एकदम मिल्ने साथी हौ“ । मैले तिमीबाट एउटा सहयोगको अपेक्षा गरेको छु ।”
“भन न यार निरक त्यस्तो के हो र ? किन एउटा सहयोग परिआएमा सय पनि गर्न सक्छ यो सुजनले ।”
निरक अकमकाइ–अकमकाइ भन्न थाल्यो—“खासमा के भने नि † हाम्रो गाउ“““की राधा छिन् नि, हो म औधि मन पराउ“छु तर उनीसित भन्न सकिरहेको छैन ।”
“ए † के कुरा भनेको त्यही पो रहेछ । म सक्ने थिए“ तर अब त धेरै ढिला भइसक्यो । यदि तिमीले राधालाई मन पराउ“छौ भन्ने थाहा पाएको भए त म उनको पछि लाग्ने नै थिएन नि † अब त मैले उनलाई मन पराएको छु र मलाई पनि उनले मन पराएकी छिन् । सायद् तिमीलाई पनि यो कुरा थाहा भइसकेको हुनुपर्ने हो । सरी, निरकजी अब मैले चाहेर पनि तिमीलाई सहयोग गर्न नसक्ने भए“ ।”
“तर तिमीले त रितालाई मन पराएका छौ नि, हैन र ?”
“हो, अ“झ पनि मन पराउ“छु । एकजना केटाले एउटी केटीसित मात्र प्रेम गर्नुपर्दछ भन्ने खासमा कहा“ लेखेको छ र ? विहे पो एक जनासित गर्ने हो । को ठीक छ परीक्षणको लागि पनि प्रेम त धेरै सित गर्ने हो नि † कि कसो दोस्त ?”
“तर चोखो माया त एउटासित मात्र हुने होइन र ? सुजनजी † म अनुरोध गर्दछु । विन्ती राधा र मेरो बीचमा नआइदेऊ र उनलाई पनि यथार्थ कुराहरू भनिदेऊ ।”
“त्यसो भनेर कहा“ हुन्छ । राधाले पनि मन पराउनु प¥यो नि † राधाले त तिम्रो अनुहार नै हेर्न चाहदिन“ । बरु अब हेर निरक, तिमी उसको पछि लाग्ने काम अहिले नै छाडिदेऊ । जे गर्ने हो, म सब त्यसलाई ठीक गर्छु । मैले राधा र रितालाई आÏनो विश्वासमा पारिसकेको छु । या भनौ“ मेरो मायाजालमा ती दुइटी फसिसकेका छन् । तिमीले रिस मान्नुको सट्टा मेरो दुईको ठाउ“मा चार जना केटीहरूलाई आÏनो प्रेमीका बनाएर देखाऊ तर हामी तीन जनाको बीचमा आउने काम र कुरा बन्द गरिदेऊ । राधा र मेरो बीचमा बोल्यौ भने तिमी र मेरो सम्बन्ध पनि नराम्रो हुन सक्दछ । म कस्तो मान्छे हु“ भन्ने तिमीले चिनेको नै छैनौ ? फेरि केटीको लफडा पनि कस्तो हुन्छ थाहा नै त होला नि † तिमी र मेरो बीचमा दुस्मनी पनि हुन सक्दछ ।”
“ठीकै छ मैले साथीको नाताले सहयोगको लागि अनुरोध मात्र गरेको हु“ । तिमीले दुई जनाको ठाउ“मा दश जनासित प्रेम सम्वन्ध राख वा विहे नै गर । त्यो मेरो टाउको दुखाइको विषय होइन ।”
“अनि किन बकबक गरिरहेको छस् त साले † मैले अघि नै भनिसके“, राधा मेरी हो र रिता पनि मेरै हो । राधाको र रिताको बीचमा गएर मेरो बारेमा कुरा गर्ने काम चाहि“ नगर्नु, फेरी मैले तेरो बत्तीस निकालेर गन्न नपरोस् ।”
“फेरी सेरी केही होइन, मेरो काम नभएजस्तो अरुका कुरा गर्दै हिडौ“ला र ? तिमी यसरी आवेगमा आउनु र यस्तो घमण्ड प्रदर्शन गर्नु आवश्यक नै छैन । एकमुठी बल त जोस“ग पनि हुन्छ । मैले त साथीको नाताले सहयोगको अपेक्षा मात्र राखेको हो, अब हुन्न भनेपछि सकिइहाल्यो नि † म आफै कुरा गरा“ैला ।”
“अब मेरो रिसको पारो चढिसकेको छ । त“ यहा“बाट अहिल्यै नै गइहाल । त“लाई थाहा छैन ? कुनै पनि केटाले आपूmले मन पराएकी केटीलाई अरुले मन पराएको भनेर सुन्न र देख्न पनि चाह“दैन । त“ आÏनै गाउ“ ठाउ“को भएर मात्र हो, नत्र त मुखभन्दा मेरो हात नै तयार हुन्थे । तेरो मुख र नाक यतिबेलासम्म एकै ठाउ“मा भइसक्थ्यो होला ।” सुजन जुरुक्क उठ्यो । निरकको कठाल्नो समाएर राता राता आ“खा लगाइ उसलाई धकेल्दै भन्यो—“त“ यहा“बाट खुरुक्क नै गइहाल् । राधासित बोलिस् मात्र भने पनि तेरो जिभ्रो थुतेर फालिदिनेछु र राधालाई आ“खा उठाएर पनि नहेरेस् नत्र तेरा ती कोप्चेरे आ“खा पनि फोडिमाग्लास् । खाप्चो कस्तो छ, के हेरेको छस् ? लाग् आÏनो बाटो कि देखाइदिनु पर्ने हो ?” निरकलाई सुजनका यी वचनरुपि बाणले मन छिया–छिया अनि मुटु टुक्रा टुक्रा बनाइसकेको थियो । उसले अब अरु बोलेर विवाद गर्न चाहेन । ऊ सरासर आÏनो बाटो लाग्यो । सुजन पनि सीधा अर्को दिसातिर बढ्यो । सुजनलाई धेरै रिस उठ्यो र डर पनि लाग्यो । कतै निरकले रिताको बारेमा कुरा गरेर राधालाई भड्काउने त होइन ? उसले सोच्न थाल्यो—“अब राधाको निरकप्रतिको मन विचार र भावनाको पनि परीक्षा लिई हेर्नपर्ने भयो ।” ऊ सरासर राधाको कोठातिर लाग्यो । राधा पनि सुजनको प्रतिक्षामा नै बसिरहेकी थिइन् ।
सुजनलाई देख्ने वित्तिकै खुसी भई मन्द मुस्कान छर्दै भन्न थालिन्—“किन ढिला गर्नुभयो ? प्रफुल्ल हुने अनुहारबाट खुसीको रङ्ग पनि उडेको जस्तो लाग्यो । किन कसैले केही त भनेन ? कि कसैसित झगडा त परेन ?”
लामो सास फेर्दै सुस्केरा हाल्दै सुजन खाटमा बस्यो । भित्तामा आड लाएर एक हातले पसिना पुछ्दै भन्यो—“हैन राधा≤ मलाई आज अलि टेन्सन भएको छ । आज निरकले तिमीलाई मन पराउने कुरा ग¥यो । तिमीबिना त मेरो जीवन अधुरो लागिरहेको छ । कतै तिमीले पनि निरकलाई मन पराएर मलाई धोका दिने पो हौकी ? म त केही पनि सोच्न सकिरहेको छैन । पानीविनाको माछो झै“ भएर छट्पट्याइ–छट्पट्याइ मर्ने त होइन । जुन कुरा मैले कसैबाट पनि सुन्न चाह“दैनथे“≤ आज त्यही मैले आÏनै साथीबाट नै सुन्न प¥यो । बिन्ति राधा म तिमीलाई चोखो प्रेम गर्दछु । तिमीबाहेक मेरो दिलमा अरुको लागि ठाउ“ नै छैन ।”
“तपाईर्“लाई टेन्सन लिन पर्ने आवश्यक नै छैन † त्यो साले सध“ै मेरो बाटो ढुकेर बसिरहेको हुन्छ । हु“दा–हु“दा तपाई“सित पनि त्यसो भन्ने हिम्मत हैन त्यसको, पख् म भोलि नै ठीक गर्छु ।” त्यस्ता जावाको कुरा सुनेर पनि टेन्सन मान्ने हो त ? त्यही“ ठीक पारिदिए हुने थियो नि त्यो सालेलाई । मैले पनि त मन पराउन प¥यो नि † भयो, मेरो प्याराको टेन्सन दुर होस् । म भोलि नै सब ठीक पारिदिन्छु । मलाई पनि कम्ती रिस त उठेको छैन ?”
“अनि मलाई पछि धोका दिने हो भने भनिहाल अभैm“ त केही विग्रिएको छैन । तिम्रो नाम जपेरै बा“चने छु”, सुजनले अलि नर्भस भएर भन्यो ।
“हैन तपाई“को मनमा किन गलत धारणाहरू आउन थालिसके । यो राधालाई मर्न सजिलो होला तर सुजनलाई छाड्न सजिलो छैन । तपाई“को तस्वीर त मैले आÏनो मुटुभित्र सजाएर राखेकी छु । तपाईर्“ले चाहे पनि यो राधाले दिलबाट तपाई“को तस्वीर हटाउने छैन । यो राधा हिजो तपाईर्“की थिई, आज पनि छ, भोलि पनि हुनेछे र जुनी जुनी भर तपाईर्“कै भई नै रहनेछे । मेरो जे भने पनि हिजो आज भोलि र यो संसारमा जति जति जन्म हुन्छ त्यति त्यति जन्म म हजुरकै दिलकी राजकुमारी भएर रहने छु । राधामाथि हजुरको पूर्ण अधिकार छ ।”
कोठाको वातावरण शान्त, रमणीय र आनन्ददायी थियो । बाहिर दिनले आÏनो ड्युटी पूरा गरिसकेको थियो । बिस्तारै अध्यारोले राज जमाउदै थियो । सुर्यास्तपछिको पहे“लो आकासको दृष्य ढोकाको साइडबाट देखिन्थ्यो । बाहिर सडकमा गुडिरहेका गाडीहरुको आवाज पनि छिनछिनमा आइरहेको थियो । केटा केटीहरू नजिकैको खुला चौरमा कराएर खेल्दाको आवाज र पल्लो गाउ“को मन्दिरमा सा“झको आरतीको गुञ्जायमान थियो । कोठाभित्र झुण्डाइरहेको तस्वीर र पोस्टरहरुले स्वागत गरिरहेको जस्तो सुजनलाई लाग्यो । अब त उसलाई पूर्ण विस्वास थियो । राधाले उसलाई सा“च्चै नै माया गर्दछिन् र उसको अगाडि निरकलाई प्रेम गर्नु त के सोच्न पनि सक्दिनन् । उसका हात विस्तारै राधाका हाततिर निर्धक्कस“ग बढिरहेका थिए ।
राधा ऊतिर हेर्दै मन्द मुस्कानका साथ अलि पछाडि सर्दै भन्न थालिन्—“किन हतार गर्नुहुन्छ ? मेरो शरीर त हजुरलाई सुम्पिसकेकी छु तर सामाजिक सीमाहरू उलङ्घन नगर्दा नै वेश हुने थियो कि ? अहिले कसैले देखे भने के होला ? मेरोमात्र होइन हजुरको पनि त बेइज्जत हुन्छ ।” उनको मन्द मुस्कानले नै स्वीकृति दिएको जस्तो महसुस सुजनलाई भइसकेको थियो ।
“हैन, हामी त अहिले तिम्रो कोठाभित्र छा“ै । यहा“ को रमिता हेर्न आउने हो र ? अब हामी छिटै विवाह गर्ने हो राधा । तिमी एउटा फक्रिएको फूल हौ । कसैले चुडाउन पनि सक्दछ । फक्रिएको पूmलमा त हजारा“ै भमराहरू घुमिरहेका हुन्छन् । अब तिमी मेरी हौ राधा । तिमीलाई कसैले पनि म बाट छुटाउन सक्ने छैन ।” उनीहरू मीठा मीठा प्रेमलाप र न्यानो अ“गालोमा एक अर्कालाई विलिन गर्दै सामाजिक बन्धनका सीमाहरू पनि तोडिसकेका थिए । राधा खुसी थिइन् किनकी उनले आÏनो प्रेमीको मन जित्न र उसलाई विश्वास दिलाउन सफल भएकी थिइन् । सुजन पनि मक्ख थियो किनभने उसको उद्देश्य पूरा भएको थियो । सुजनले राधालाई बनावटी मायाजालमा भए पनि फसाउन चाहेको थियो । ऊ त्यसमा सतप्रतिशत नै सफल पनि भइसकेको थियो । ऊ खुसीकासाथ राधासित बिदा भई आÏनो कोठामा आयो । राधालाई आÏनो जिउ आफैलाई भारी भएको थियो । उनलाई आÏनो कुमारीत्व र अस्मिता लुटाएकोमा एकातिर दुःख थियो भने अर्कोतिर आÏनो दिलको राजकुमारलाई पाउने पक्का भएकोमा खुसी पनि लागिरहेको थियो ।
उता निरकलाई रातभर निद्रा लागेन । उसलाई राधाको तिरस्कार र सुजनको असहयोगभन्दा पनि निर्मल कोमल फूलको अस्मिताको खतरामा चिन्ता थियो । उसले भोलि नै राधालाई भेटेर वास्तविकता बताउने भन्ने अठोटका साथ निदायो । भोलिपल्ट राधा आउने बाटो कुरेर बस्यो । उसलाई देखेर राधा परैबाट एकपटक टक्क अडिएर हेरिन् । उनी फेरि कुनै वास्ता नगरेझै“ गरी रिसाएको अनुहार देखाएर हि“ड्न लागिन् । सायद् उनीले निरकले केही भन्ला भन्ने चाहेकी पनि हुन सक्दथिन् । निरकलाई सुजनको बनावटी प्रेमको बारेमा राधालाई बताउन पाए हुने थियो भन्ने मात्र थियो । उसले नम्ररुपमा “राधा” भन्योे तर राधा उसको बोली नसुनेझै“ गरेर बाटो लागिन् । निरकको लागि यो प्रयास केही दिन निरन्तर नै भयो । निरक बारम्बार राधासित बोल्नको लागि राधा आउने जाने बाटो कुरेर बसिरहेको हुन्थ्यो । उसले बोलाउने पनि गर्दथ्यो तर उसले आÏनो मनको भावना र वेदना उनीसामू पोख्न नै पाएको थिएन ।
३
क्याम्पसको पढाइ विषय अनुसार कोठा बदलेर पढ्न पथ्र्यो । खालि पिरियड र कोठा परिवर्तन गर्दा पनि राधा सुजनतिर आ“खा लगाउथिन् । अरु साथिहरूले के हो राधा कतै पर्न त लागेको छैन भन्दै जिस्काउथे । निरक पनि राधाको वरीपरी देखा पर्ने गर्दथ्यो तर अरु साथीहरूको अगाडि बोल्न अप्ठारो मान्थ्यो । ऊ राधा आउने जाने बाटोमा नै प्राथमिकता दिने गर्दथ्यो । राधा र सुजन नजिकिने क्रम निरन्तर दिन दुगुना रात चौगुना हु“दै थियो । निरकको बाटो ढुकाइले राधालाई असह्य हुन्थ्यो । राधाले एकदिन रिसाएर निरकलाई भनिन्—“साले सिल्ली † त“ आफूलाई के ठान्छस् ? त“लाई लाज लाग्दैन, जतिखेर पनि बाटो ढुकेर बस्न ? त“ त मेरो पैतालाको धुलो जति पनि होइनस् । के चाहन्छस्, त“ैले मन पराइस् भन्दैमा मैले पराउनुपर्छ भनेको छस् कि क्या हो ? याद् राख,् अ““झ पनि मेरो पछि लागिस् भने नराम्रो होला । कस्ता कुकुर जस्ता हु“दा रहेछन् त नि कोही कोही मान्छे त ? अ“झ सुजनलाई पनि केके न हो भनिस् अरे † याद् राखेस् सुजनलाई केही भनिस् भने मलाई दुख्दछ र म सहन सक्दिन“ । तै“ले नारीको शक्तिलाई चिनेको छैनस् । आजसम्म जे भयो भयो । अब सुजन र मेरो बीचमा आउने कल्पनासम्म पनि नगरेस् । त“ आÏनै गाउ“ ठाउ“को–मान्छे ≤ सहयोग गर्नुपर्नेमा झन् मेरो जिन्दगीको सवालमा बाधक बन्न खोज्ने हैन ? मेरो जीवनको बारेमा निर्णय गर्ने अधिकार कसैलाई दि“दैन । मेरो व्यक्तिगत मामलामा त“लाई केही बोल्ने र चासो राख्ने अधिकार छैन । अर्को कुरा म र सुजन बीचको कुरामा कसैसित पनि औ“ला उठाउने काम नगरेस् । म जे गरू“ तेरो टाउको दुखाइ र चिन्ताको विषय होइन । मेरो चियो चर्चो गर्ने काम नगरेस् ।”
निरकलाई सारै असह्य भयो तर उसले यतिमात्र भन्यो—“भिरबाट लड्ने गाईलाई राम राम मात्र भन्ने हो । दूध उम्लिएपछि जाने आगोमा नै त हो । त“ एक दिन तेरो अन्धो मायाको परिणाम भोग्न बाध्य हुनेछेस् र पश्चातापको आगोमा पनि जल्नेछेस् ।”
“भयो धेरै नभुक्, मलाई त“ैले केही राम राम भनिरहन पर्दैन । हेर्दै जा मेरो दिलको राजा सुजनसित विवाह गरी घरजम गरेर चोखो प्रेमको नतिजा देखाउने छु । मैले के गल्ती गरेकी छु र पश्चाताप गर्नुपर्ने ? के माया गर्नु गल्ती हो ? मैले मन पराएको मान्छेलाई माया गर्दा कसरी म भिरबाट छडिन लागे ह“ ? अलि होस् पु¥याएर बोल् । जिभ्रोसिभ्रो थुतिमाग्लास् । तर त“ जस्ता कुकुरलाई चोखो मायाको अनुभूति के थाहा ?”
“भो चोखो माया भनेको के हो, तै“ले नै बुझ्न बा“कि छ । त“ त फोस्रो मायामा अन्धी भइसकेकी रहिछस् । मैले बाटो देखाए पनि नदेख्ने भइहालिस् । त“ पश्चातापको अग्निमा जलेको नचाह“दा नचाह“दै पनि हेर्न पर्ने भयो । तैपनि एकपटक सुजनलाई चिन्ने प्रयास गर्नू, मैले भन्ने यति मात्र हो । हुन त सुजन र त“ बीचको कर्तुत मलाई होइन यो समाजलाई नै एकदिन खोल्न बाध्य हुन्छेस् । त्यो समय अवस्य टाढा छैन । सुजन कस्तो मान्छे हो उसको सब नालिबेली हामीलाई थाहा छ । त“ैले उसलाई चिन्न अभ“m कति समय लाग्ने हो । हुन त त“ अब छिटै बर्बाद हुनेछेस् र उसलाई पनि चिन्छेस् ।” निरक सरासर आÏनो बाटो लाग्यो र सोच्यो, “राधाले जे भने पनि मेरो यसप्रतिको अटुट माया घट्दै नघट्ने भयो । म एकोहोरो भए पनि यसलाई माया गरि नै रहने छु । एक दिन यसको घैटामा घाम त अवश्य नै लाग्ने छ ।”
उता सुजनको प्रेममा राधा पागल बनिसकेकी थिइन् । उनको सर्वस्व नै ऊ थियो । आफूलाई राधाले यसरी विश्वास गरेकोमा र उनको अस्मिता लुट्न पाएकोमा सुजन मक्ख थियो । ऊ बेलाबेलामा राधालाई झुटा आश्वासनहरू दिइ नै रहन्थ्यो । बुलबुले, काक्रेविहार, देउती बज्यै मन्दिर त कहिले घण्टाघर टावरबाट सुर्खेत उपत्यकाको अवलोकन, प्रायः उनीहरूका दिनचर्या नै बनेका थिए । घरबाट राधाका बाबाआमाले छोरीे पढेर असल मान्छे बन्ली भनेर दुःखजिलो गरेर नियमितरुपमा पैसाहरू पठाइ नै रहेका थिए । राधालाई पढाइ र अरु कुनै कुराको प्रवाह नै थिएन । उनको एक मात्र उद्देश्य र लक्ष्य आÏनो प्रेमी सुजन नै थियो । राधा जतिखेर पनि उसकै सामिप्यमा रहन चाहन्थिन् । राधा र सुजनको प्रेमको बीज राधाको गर्भमा अङ्कुराउन लागिसकेको थियो । राधा सुजनवीना एकछिन पनि अलग हुन सक्दैनथिन् । उनी सुजनसितै जतिसक्दो चा“डो विहे गरी सदासदा खुला रुपमा यसरी नै रमाउन चाहेकी थिइन् । उनले ऊविना एकछिन पनि बस्न नसक्ने भन्दै विवाहको कुरा मात्र गरिरहन्थिन् । उनको पेटमा बच्चा समेत भएकोले जतिसक्दो चा“डो विहे गर्ने हो भनेर एकदिन कर गरिन् । सुजन पहिला पनि अहिले केही हतार नभएको भनेर टारिदिन्थ्यो र आज पनि सोहीले निरन्तरता पायो । तर राधाको पेटको बच्चाको कारणले उसलाई विस्तारै तनाव दिन थालिसकेको थियो ।
“मेरो पेट बढिरहेकोले सामाजिक, कानुनी, नैतिक र वैधानिकरुपले पनि समस्या आउन सक्ने र यसको समाधान विवाह नै हो । अव विहे गरी सुख दुःख जे जसो भए पनि स“गै बसेर बिताऔ“ ।”
“सोच्न त मैले पनि त्यही सोचेको छु तर †”
“तर के नि ?” राधाले उसको कुरा वीचमा काट्दै सोधिन् ।
“म अझ तीन वर्ष विहे गर्ने मनस्थितिमा छैन ।” सधैको झै“ उहि उत्तर ।
“तर अब त आÏनो मनस्थितिलाई पनि त परिवर्तन गर्ने बेला भयो नि † मेरो पेट बढिरहेको छ । यसको समाधान भनेको नै विवाह हो । फेरि हामीले स“गै मर्ने र बा“च्ने भनेर कसम पनि खाएका छौ“ नि †”
“हैन तत्काल यो समस्या समाधानको अर्को उपाय पनि छ नि त ?”
राधा अलि सशंकित बनिन् र सोधिन—“अर्को उपाय, हजुरको कुरा नै बुझिन“ । के भन्न खोज्नु भएको हो ?”
“हैन सर्प पनि मर्ने र लठ्ठी पनि नभ“ाचिने छ नि त उपाय, तिम्रो दिमागमा कस्तो नआएको होला ?”
“खै † मैले त हजुरस“ग विवाहबाहेक केही पनि सोच्न सकिरहेकी छैन । के हो र त्यस्तो उपाय बताउनुहोस् न त †”
“उपाय सजिलो छ नि लाटी † के होला ? ठण्डा दिमागले सोचेर हेर त †”
“खै मेरो दिमागमा आएन तर सुन्न हतार भयो । मलाई धेरै सस्पेन्सनमा नराख्नुहोस् ।”
“अहिलेको हाम्रो यो समस्या समाधानको लागि यो बच्चालाई फालिदिऊ“ । यसैमा नै दुबै जनाको कल्याण छ ।”
राधा झसङ्ग भइन् । उनलाई आकास खसेर आफूलाई थिचेको जस्तो लाग्यो । उनले आफूलाई सम्हालिन् । कतै उसले ठट्टा त गरेको होइन भन्ने पनि लाग्यो । उनले सुजनको मुखबाट यस्ता शब्द सुन्न त परै जावस् परिकल्पनासम्म पनि गरेकी थिइनन् । “तर यो बच्चालाई जन्म दि“दा के समस्या होला र ? आखिर ढिलो चा“डो विहे गर्ने नै हो ।” राधाले भनिन् ।
”म सधै भनिरहेको छु । अघि पनि भनिसके“ । तीन वर्ष विहे गर्न उचित छैन ।”
“आखिर तीन वर्षमा के नै हुने हो र ? मेरो पेटमा हजुरको बच्चा नभएको भए तीन वर्ष त के थियो र ? म पा“च वर्ष पनि पर्खन सक्दथे“ । अहिले बाध्यता भएर पो हो नि † फेरि बच्चा फाल्ःदा महिलाको स्वास्थ्यमा पनि समस्या पर्न सक्दछ भन्ने सुनेकी छु । त्यसैले मलाई डर लागिरहेको छ । मेरो समस्या नै हाम्रो हो, होइन र ?”
“मेरो समस्या त यो मात्र होइन होला नि † तिमी त मसित लुरुक्क परेर पछि लागेर आइदिए भइहाल्यो । मेरो त तिमीलाई पछाडि लगाएर लैज“ादा मात्र समस्या समाधान हुने होइन क्यारे † त्यतिकै कहा“ तिमीले भनेजस्तो सजिलो हुन्छ र ? एकपटक आपूmलाई मेरो ठाउ“मा राखेर हेर त ? तिम्रो र मेरो जात पनि मिल्दैन । तिमीलाई तत्कालै मेरो परिवारमा स्वीकार्दैनन् । मैले विहे मात्र होइन त्यो भन्दा अगाडि गर्न पर्ने पनि धेरै नै छ । विहे गर्ने हो भने तिम्रो कारणले तत्काल पारिवारिक विद्रोह गर्नुपर्ने हुन्छ । त्यसैले म भन्दछु अहिले हतारमा विहे गरेर पूmर्सदमा पछुताउनु भन्दा तीन वर्ष पछि विहे गरौ“ला ।”
“मैले पनि त हजुरको समस्यालाई बुझेकी छु । हजुरको प्रगतिको बाधक म र मेरो बच्चा कदापि हुने छैनँ“ै । समस्याको मुख्य जड हजुर नै त हो नि † मैले त भनेकै थिए“ त † उतिबेला तिमी पीर नमान, गर्भ रह्यो भने छिटै विवाह गरौ“ला । मन, विचार, भावना मिले जातले छेक्दैन भनेको होइन ? अहिले डर किन मान्ने ? यस्तो कुरा त उति बेलै सोच्न पर्दथ्यो नि † म खेलौना त होइन नि मन लाग्दा प्रयोग गर्ने नत्र Ïयाक्ने । मर्द भएर पनि यसरी डराउने हो । त“पाई“ यस्तो कायर हुनुहु“दो रहेछ भन्ने त मलाई आजसम्म पनि थाहा रहेनछ । आखिर एकचोटी विहे गर्नै पर्ने त हो । कतै मेरो विश्वासमा ठेस पु¥याउन त लागेको होइन ?” राधाले अलि रिसाएर भनिन् ।
सुजनलाई पनि सनक चढिहाल्यो । ऊ रिसले चुर भएर आवेगमा आयो । “बच्चा जन्माउन मन नै छ भने जन्माइ, मेरो टाउको दुखाइको कुरा नै होइन, यो तेरो अधिकार नै भयो । त“ साला रण्डी त होस् । दुनियाको गर्भ बोक्छेस् र अहिले विहे गर्न दवाव दिन्छेस् । त“ जस्ता विवाह अगाडि नै यस्तो हुनेका कति छन् कति नाठाहरू । जा विहे गर्ने नै हो भने गर तर मसित होइन । म त“सित एक दुई तीन विहे गर्दैन“ । कानुनी आधार भएकाले गर्भपतनको सुझाव दिएको ह“ु । यो मेरो चासोको विषय पनि होइन । त“लाई जे मन लाग्छ त्यही गर । त्यो तेरो पेटको बच्चा मेरो हु“दै होइन । हो भन्ने ग्यारेन्टी नै के छ र ? यदि समाजको डर लाग्दैन भने त्यो बच्चालाई दे जन्म । म कुनै पनि हालतमा त“लाई स्वीकार्ने पक्षमा छैन । मसहित अहिलेसम्म कतिसित रात विताएकी छेस् ? तै“ले लुकाए पनि मलाई थाहा छ । तेरा ती दुई पैसाका दा“त कतिलाई देखाएकी हुन्छेस् । त“ त नारीको नाममा कलङ्क होस् । आÏनो शरीरको मोलमोलाई गर्दै हि“ड्ने खालकी केटी मसित विवाहको कुरा गर्न लाज मान्नुपर्ने हो । मैले साथीको नाताले तेरो भावनाको कदर मात्र गरेको हु“ । तै“ले त म जस्ता सयौं केटाहरू खेलाएकी होलिस् । तेरो बाउले त“लाई सस्तो बनाएर मेरी छोरीको लागि कोही केटा आएको भए विवाह गरिदिने थिए“ भन्दै हि“डेको देखेको छु । हाम्रो पनि आस मान्नुको अगाडि यस्तै कारणहरू त होलान् नि † अब मलाई केही भन्नु छैन । समाजको डर छैन भने त्यो बच्चालाई जन्म दे, नत्र फालिदे । मैले साथीको नाताले दिने सुझाव यति नै हो ।”
राधा छा“गाबाट खसेजस्तै भइन् । चारैतिर अन्धकार छायो । उनका आ“खाबाट आसुका धाराहरू बरबर झर्न थाले । यी सब कुरा भन्ने सुजन हो भनेर विश्वास पनि लागेन । उनले आपूmले विश्वास गरेको मानिसबाट यस्ता कुरा सुन्नु पर्ला भन्ने परिकल्पना पनि गरेकी थिइनन् । उनले आ“खा पनि देखिनन् । आफू कहा“ र कोसित छु भन्ने कुराको पनि होस हरायो । आपूm सपना वा विपनामा छु भन्ने कुराको पनि केहिबेर हेक्का भएन । उनले आफूलाई सम्हालिन् र सोच्न थालिन्—“अहिलेसम्म त मेरो गर्भ रहेको कुरा म र यो बाहेक अरुलाई थाहा नै छैन । मेरो माया र विश्वासको फाइदा उठाइ यसले मलाई त्यसरी लुटेको थाहा नै भएन । यसप्रतिको अन्धो मायाको कारण आज यो अवस्थामा पुगे । यसका अगाडि आÏनो पीडा पोख्नु त के काम भयो र ? यस्तो राक्षसरुपि दानवलाई चिन्न सकिन“ । कतै यसले परीक्षा लिएको त होइन ? तर यति तल गिरेर यस्ता कुराहरू नगर्नु पर्ने हो । म अब के गरु ? यो हालतमा म ज्यू“दै मर“े । मलाई यो हालत बनाउने यही नै हो ।” उनका आ“खाबाट बरबर आ“सुका ढिकाहरू निरन्तर खसिरहेका थिए । एकान्तको सुन्दर मनोरम वातावरण र सुजन उहि रिसाहा पारामा अगाडि थियो ।
पुनः सुजन बोल्यो—“के आसु झारेर मेरो मन पगाल्न खोजेकी छस् । तेरा ती विनाअर्थका आ“सु मलाई देखाउने होइन । जा जसले तेरो भावनालाई बुझ्छ उसैलाई देखा । तेरो पेटको बच्च्ाँको सक्कली बाबुलाई देखाउन सक्दिनस् ?”
राधा भक्कानो फुटाउ“दै रुदै भन्न लागिन्– “साले कुकुर नारीलाई त्यति कमजोर नठान् । मेरो चोखो र निःस्वार्थ मायामा अन्तरघात गरिस् । अब त“लाई अवश्य पनि मेरो मायाले एकपटक होइन हजार पटक पोल्नेछ । त“जस्ता स्वार्थी र यौन पिपाषूलाई मैले भुलेर माया र विश्वास गरेकी रहेछु । अब मलाई तेरो कुनै सहयोग र सहानुभूतिको आवश्यक नै छैन । मैले केहीको लागि पनि त“सित भिख माग्दिन । म चाहे भने यो समाज र त“लाई चुनौति दिएर यो पेटको बच्चालाई जन्म दिन सक्दछु । अव त“ जस्ता स्वार्थी निचको अनुहार हेर्नु पनि छैन । त“लाई मेरो मायामा अवश्य नै झुकाउने छु ।” उनले मन दरो पारिन् र त्यहा“बाट हि“डिन् । उनको मुटु छिया–छिया भइसकेको थियो तापनि उसलाई बिर्सन त अवश्य नै सजिलो थिएन ।
“राधा…….राधा……” सुजनले बोलायो । उनी कुनै प्रवाह नै नगरी अगाडि बढिन् । सुजनले पुनः बोलायो—“राधा…. राधा…..” उनी फरक्कै फर्किन् । उसले भन्न लाग्यो— “धत् लाटी के रिसाएको हो ? मैले त तिम्रो परीक्षामात्र लिएको हो नि † नारी स“ाच्चै महान् हु“दा रहेछन् । नारी सिर्जना र ममताका खानी हुन् तर उस्तै परे संहारकर्ता पनि बन्न सक्दा रहेछन् ।” उसको यति कुराले राधाको पत्थर भएको ह्दय भुवा भयो । केही अगाडिको रिस र आवेग एक्कासि मन्द मुस्कानमा परिणत गरी भनिन्—“के यो परीक्षाको घडि हो र ? परीक्षा त त“पाइले धेरै पटक लिइसक्नुभयो । मैले हजुरले भनेको जे पनि विश्वास र स्वीकार गरेकी छु । यदि हजुरले विश्वासघात गर्नु भयो भने त यो राधा समाजमा बा“च्नै सक्दिन । कस्तो परीक्षा हो यो ?”
“हेर राधा हामीले गर्नुपर्ने धेरै नै छ । सबभन्दा पहिला दुबैले पढाइलाई निरन्तरता दिनुप¥यो । तिम्रो स्नातक र मेरो स्नातकोत्तर तहको अध्ययन सकाउन पनि तीन वर्ष लागिहाल्छ । तसर्थ तिम्रो स्नातक तहको तेस्रो वर्ष र मेरो स्नातकोत्तर तहको द्धितीय वर्षको परीक्षा दिएपछि हामी विवाह गरा“ैला । यही कारण नै मैले मेरो तीन वर्ष विहे गर्ने मनस्थिति छैन भनेको हु“ । कहिलेकाही“ आपूmले नचाहेको कुरा पनि बोल्न पर्दाे रहेछ । आवेगमा आएर तिम्रो परीक्षा लिए । तिमी विशिष्ट श्रेणीमा नै सफल भयौ । हामी वीचको जातीय दिवाललाई त सहजरुपमा नै तोड्न सकिन्छ र त्यो समस्या पनि होइन । त्यसैले म अनुरोध गर्छु कि अहिले विहे गर्न हतार नगरा“ैं । हतारमा विहे गरेर फुर्सदमा पछुताउने साथीहरू धेरै देखेको छु । जीवन दिन प्रतिदिन जटिल बनिरहेको छ । आज हामीलाई विहे गर्न जति सजिलो छ पछि भोलिका दिनमा पर्नसक्ने समस्याको समाधानमा यसले बाधा पनि पु¥याउन सक्दछ । हामीलाई समाजका विभिन्न नीति नियमहरूले ब“ाधेर राखेका हुन्छन् । विहेपछि तिमी त तत्काल आमा बनिहाल्छ्यौ । तसर्थ हाम्रो अहिलेको सानो गल्तीलाई समाजले ठूलो पनि मान्न सक्दछ । व्यक्तिगत समस्याभन्दा सामाजिक समस्या ठूलो हो । यसर्थ गोप्यरुपमा नै हामीले गरेको गल्तिलाई छिपाउनु नै उचित हुन्छ । कानुनले पनि १२ हप्तासम्मको गर्भपतनलाई छुट दिएको छ । म पुनः भन्दछु, अहिले हतारमा विहे गरेर पछि फुर्सदमा पछुताउनुभन्दा हाम्रो भविष्यको लागि सोच्ने बेला हो । त्यसैले यो गर्भलाई फालिदिऊ । आवेगमा आएर हामीले एउटा गल्ती त गरिसक्यौ । अब फेरि अर्को गल्ती नगरौ“ । यसमा तिम्रो के राय छ भन ।” केही बेर अगाडिसम्म दानवको रुपमा देखेकी सुजनलाई राधाले पुन मानव रुपमा देखिन् । ह्दयको अमिट छाप त्यति सजिलै हट्नेवाला पनि त थिएन । उनले कुरालाई नकारेर सुजनको चित्त दुखाउन सक्ने पनि थिइनन् । उसको चित्त दुख्नु भनेको त आÏनो पनि दुख्नु नै थियो । आÏनोे दिलभित्र उसलाई नै सजाएर राखेकी थिइन् । उनले जति भने पनि उसको तस्विर हटाउन त ठूलै कसरत एवम् तनावको सामना बा“कि नै थियो । उनले मुसुक्क हा“स्दै भनिन्–“हजुरले भनेको ठीक छ । अब फेरि अगाडि भनेका जस्तै का“डारुपि शब्दहरू प्रयोग गरी पुनः परीक्षा नलिनु होला । यो शरीर हजुरलाई विश्वास गरेर नै सुम्पेकी हु“ । अहिलेसम्म जे जति भयो त्यो सब त्यसैको परिणाम हो । जहिले भने पनि हजुरको अनुसार नै मन्जुर छ । म हजुरबाहेक कसैलाई पनि सोच्न सक्दैन र सोचेकी पनि छैन ।” राधाको शिर सुजनको छात्तीमा झुकेर टासियो । उसले उनलाई मायालु पाराले सुम्सुमायो । ऊ खुसी भयो किनकी सामाजिक वा कानुनीरुपमा उसले यो समस्यास“ग जुधे पनि आÏनो प्रेस्टिजलाई बचाइराख्न कठिन थियो । उनीहरूको उठबस भएको त निरक लगायत अन्य साथीहरूलाई पनि थाहा थियो । ऊ जसरी भए पनि राधाको पेटको बच्चा फाली उनीबाट टाढा हुन चाहन्थ्यो । अब त राधा पनि बच्चा फाल्न मन्जुर भइसकेकी थिइन् ।
“बच्चा फाल्न त फाल्ने तर कसरी होला ? डर लागिरहेको छ”, राधाले भनिन् ।
“अहिले हस्पिटल, नर्सिङहोम, मेरी स्टोप्स र निजी क्लिनिकहरूमा समेत सुरक्षित गर्भपतन गराउने व्यवस्था छ । हामीले यो गोप्य राख्नुपर्छ नत्र त एक कान दोकान मैदान भनेझ“ै सारा क्याम्पस र गाउ“““भरि हल्ला फिजिन्छ । हामी दुबै जनाको बेइज्जत हुन्छ । पहिला तिमी एक्लै गएर मेरी स्टोप्समा बुझ त्यसपछि आवश्यक पर्ने अन्य सहयोग म गर्नेछु ।” उनीहरू त्यहा“बाट आ–आÏना कोठातिर प्रस्थान गरे । क्रमश:









