Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा एमफिल पिएचडीका कार्यक्रमको सुरुवात हुदै

क्विक खबर सम्बाददाता
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा एमफिल पिएचडीका कार्यक्रमकोआगामी शैक्षिक सत्रदेखि एम.फिल. र पी.एच.डी.का कार्यक्रमहरू
सुरुवात गर्ने गरी तयारी सुरु गरेको विश्वविद्यालयक सूचना अधिकारी विष्णु कुमार खड्काले जानकरी दिनुभयो  / बुधबार मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसको सभाहलमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाको अध्यक्षतामा सम्पन्न भएको विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा.डा. देबराज अधिकारी तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायको अनुसन्धान समितिका सदस्यहरू प्रा.डा. प्रेमराज पन्त, प्रा.डा. पुस्कर बज्राचार्य र प्रा.डा. माधव कोइरालाको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाले एम.फिल. र पी.एच.डी.का कार्यक्रमहरू सुरुवात गर्ने गरी तयारी पुरा भई प्रक्रियामा गएको जानकारी दिनुभयो /

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लले विश्वविद्यालयको वर्तमान अवस्था र भावी योजनाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै विश्वविद्यालयको शैक्षिक प्राज्ञिक उन्नयनका लागि स्रोत साधन तथा जनशक्तिको अभाव भएको बताउदै माग गरिएका दरबन्दीको स्वीकृतिका लागि पहल गरिदिन आग्रह गर्नुभयो / विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा.डा. देब राज अधिकारीले मध्यपश्चिमाञ्चल विश्वविद्यालय विश्वविद्यालय अनुदान आयोग मात्रै नभई नेपाल सरकारकै प्राथमिकतामा रहेको भन्दै विश्वविद्यालयमा अध्ययन, अध्यापन र अनुसन्धानको कार्य र भौतिक पूर्वाधारको विकासका लागि विश्वविद्यालय अनुदान आयोग सदैब सकारात्मक रुपमा सहयोगी भूमिकामा रहने
बताउनु भयो  /

यसैबीच बुधबार नै व्यवस्थापन संकायको अनुसन्धान समितिको बैठक बैठक बसी कर्पोरेट म्यानेजमेन्टमा स्नातकोत्तर तहको पठनपाठनका साथै सयुक्त एमफिल पीएचडी कार्यक्रमको थालनी गर्ने निर्णय भएको डीन डा. मस्त बहादुर गरंजाले जानकारी दिए / विश्वविद्यालयको प्राज्ञिक परिषद्को स्थायी समितिको समेत बैठक बसी एमफिल र पीएचडी कार्यक्रम अबिलम्ब सुरुवात गर्ने गरी कार्यक्रम अगाडी बढाउने निर्णय गरेको विश्वविद्यालयका सूचना अधिकारी विष्णु कुमार खड्काले जानकारी दिनुभयो /