कमल थापा : बेलैमा होस पुर्याउ

वर्तमानको नेपाली राजनीतिले प्राप्त गरेको परिवर्तन पूर्व नै निकै चर्चामा थिए कलम थापा । राजाको शासनकालमा गृहमन्त्रीको बागडोर समेत सम्हालिसकेका कमल थापा गणगतन्त्रको स्थापना पश्चात केही समय अडिग अवस्थामा रहे । धेरैले उनलाई पञ्चेको संज्ञा दिएर राजतन्त्रसँगै कलम थापाको राजनीति पनि सकिएको अभिव्यक्ति दिए । त्यत्तिबेला बुझेर होस् कि नबुझेर गणतन्त्र भनेको पैसा फल्ने रुखको बोट पो कि भन्ने लागेको थियो नेपाली जनतालाई । हुन त नेताहरुले पनि त्यस्तै सपना बाँडेका थिए जनताका बीचमा ।
नेपाललाई नयाँ नेपाल बनाउने त्यो पनि स्वीजरल्याण्ड जस्तो, सिंगापुर जस्तो । सिंगापुर र स्वीजरल्याण्ड जस्तो देश बन्छ भन्ने किन गणतन्त्र नस्वीकार्नु भन्ने लागेको थियो नेपाली जनतालाई । तर विकास भन्दा विनास धेरै गर्नेहरुले देशलाई स्वीजरल्याण्ड होइन सिंगापुर पनि होइन भ्रष्टाचारमा नं. १ बनाउने कोशिस गरे ।
वैदेशिक रोजगारबाट मुक्ति पाइएला र आफ्नै देशमा आफ्नै घरपरिवार र बालबच्चाका साथमा बसेर छाक टार्ने वातावरणको सिर्जना होला भन्ने आशा बोकेको युवा पिंढी दिन दुगुणा रात चौगुणाको दरले खाडी मुलुकमा जान बाध्य पछि हिजो गणतन्त्रको नारा लगाउँदै घोक्रमे सुकाउनेहरु जुन जोगी आए पनि कानै चिरेको उखानलाई खल्तीमा बोकेर हिड्न थाले ।
देश गणतन्त्रमा जाओस् कि लोकतन्त्रमा आखिर हुँदा खाने भन्दा हुनेखाने कै वरिपरि घुम्ने भएपछि यसको अर्थ छैन भन्नेमा धेरै नेपालीहर पुगिसकेको अवस्था छ । हिजोका दिनमा कमल थापासँग बोल्न समेत मन नपराउनेहरुले उनको क्षमता र आवश्यकतालाई महसुस गरेर गणतन्त्रमै उपप्रधानमन्त्री एवम् स्थानीय विकास मन्त्री समेत पद दिए । यदि कमल थापा पदको लागि मात्र राजनीति गर्ने व्यक्ति भएको भए उनी उहिल्यै काँग्रेस, एमाले वा माओवादीमा लागेर धेरै पटक धेरै मन्त्रालयहरु मा मन्त्री भइसक्थे होला । तर उनले आफ्नो आस्था विचार र सिद्धान्तलाई सर्वोपरी ठान्दै आए । आफ्नो विचार र सिद्धान्तमा अडिन हुनु कमल थापाको निकै बलियो हतियारको लिनु पर्दछ ।
नेपालको संविधान २०७२ लेखन कार्यमा होस् वा जारी गर्ने कार्यमा होस् कलम थापाले खेलेको भूमिकालाई कम आंक्न मिल्दैन । आफ्नो एजेण्डा पास नहुँदा नहुँदै पनि उनले फरक मत राखेर देशलाई संविधान विहिन बनाउनु हुँदैन भन्ने धारणाका साथ नेपालको संविधानमा हस्ताक्षर गरे ।
राजनीतिमा एउटा पक्ष मात्र हावी बन्यो भने त्यो निरंकुश हुन्छ । नेपाली जनताले दिएको भोटको आधारमा ठूला मानिएका तीन राजनीतिक दलहरुले नेपाली जनताको भावना र चाहना भन्दा पनि आफ्नो पार्टीको र व्यक्तिको स्वार्थलाई ठूलो ठानेर निर्णयहरु गर्ने परिपाटीको विकास गरे । जसको कारण विभिन्न योजनाहरुका साथ प्रस्तुत भएको केपी ओली सरकार ढल्यो । वर्तमान प्रधानमन्त्रीले आफू प्रधानमन्त्री बन्ने निश्चित भएपछि आफैले प्रस्तावित गरेर बनाएका प्रधानमन्त्री केपी ओलीलाई अविस्वासको प्रस्ताव ल्याएर ढालिदिए । त्यसपछि नै एमाले र एमाओवादी बीचमा बैमनश्यता बढ्दै गएको हो ।
एमालेले गरेका क्रियाकलापहरुको विरुद्धमा लाग्नका लागि पुनः वाइसियल व्यूझाउने कुराहरु मिडियामा आइरहेका छन् । प्रतिशोधको भावना राम्रो भन्ने तथ्यलाई दुबै पक्षले राम्रोसँग मनन गर्न जरुरी छ ।
यि विविध क्रियाकलापबाट सिक्दै कमल थापाले नेतृत्व गरेको पार्टी राप्रपालाई कुृशल सारथी बनेर हाँक्नु पर्ने बेला आएको छ । मंसिर ६ गतेका दिन राप्रपा नेपाल र राप्रपा एकिकरण भएर बनेको राप्रपा केवल सत्तामा जानका लागि होइन भन्ने अभिव्यक्ति दिँदै आएका राप्रपा पार्टीका शीर्ष नेतागणहरुले त्यसलाई व्यवहारमा उतार्नु जरुरी छ । यही हो आजको आवश्यकता पनि । राप्रपा र राप्रपा नेपाल एकिकरण भएपछि अहिले देशका प्रत्येक वडा, गाउँ, नगर, क्षेत्र र जिल्लाहरुमा अधिवेशनहरु चल्ने तयारी छ । यो अधिवेशन राप्रपा र राप्रपा नेपालको बीचमा नभई एकिकरण पश्चात बनेको राप्रपा भित्रको अधिवेशन हो भन्ने कुरालाई पार्टीका वडादेखि केन्द्रिय स्तरका नेताहरुले बुझ्नु जरुरी छ ।
केन्द्रिय अध्यक्षका लागि तीन जनाको नाम चर्चामा रहेको छ । के आफ्नै पार्टी भित्र सहमति गरेर केन्द्रिय अध्यक्षको टुङ्गो लगाउन सकिदैन । पदका लागि हंगामा मच्चाउनु भन्दा पनि पार्टीको संगठन विस्तारका लागि हंगामा मच्चाउन तिर लाग्ने बेला भएको छ ।
कमल थापाको व्यक्तित्व र कार्यकुशलतासँगै पशुपति शमसेर राणाको दूरदर्शीता र डा. प्रकाशचन्द्र लोहनीको बुद्धिमत्तालाई देखेर अहिले वडादेखि गाउँ नगर हुँदै जिल्ला जिल्लामा राप्रपाप्रतिको नेपाली जनताको आशा र भरोसा बढ्दै गइरहेको अवस्था छ ।
हिजोका दिनमा एउटै घरको दुईटा कोठामा बसेका राप्रपा आज एउटै कोठामा बसेका छन् । अब देशले भोग्दै आएको संक्रमणकालिन अवस्थाको अन्त्य भई देशले स्थायी शान्ति प्राप्तिसँगै दीर्घकालिन समृद्धीका पक्षमा अगाडि बढ्नेछ भन्ने आशा र भरोसा गर्ने नेपाली जनताको मनमा फेरी निशासा छाउने अधिकार छैन तिमीहरुलाई । त्यसैले अहिलेदेखि नै सचेत भएर अगाडि बढ्ने आँट, हिम्मत, जोश र जाँगर लिएर अगाडि बढ् जनताले अवश्य साथ दिनेछन् ।









