गजल – गणेश गौतम

भिजिदिन्छ परेली बह देखिदैन
वेदनाले भरिएको गह देखिदैन
पानीमाथी ओभानो बनिदिन्छ्न सबै
कपटले भरिएको रह देखिदैन
ओखती र अर्ती तितो हुदोरैछ्
जहर ले छोपिएको मह देखिदैन
आग्रह्को जालोले नजर ढाके पछि
कसी लाउने आधार र तह देखिदैन
मनभरी पिडा बोकी मुस्काउछ मान्छे
छाती भित्र आँसुको दह देखिदैन









