राप्रपाको सुवाघाट नगर कमिटी गठन
क्वीकखबर सम्बाददाता
सुर्खेत १६ माघ २०७३
राष्ट्रिय प्रजातन्त्र पार्टीको सुवाघाट गंगामाला नगर कमिटी गठन भएको छ । दुई पार्टीको एकिकरण पश्चात लक्ष्मीप्रसाद शर्माको अध्यक्षतामा सुवाघाट गंगामाला नगर कमिटी गठन भएको राप्रपाले जनाएको छ । सर्वसम्मत रुपमा गठन भएको कमिटी २५ सदस्सीय हुने विधान भएपनि अहिले १६ सदस्यहरु मात्र चयन भएका छन् । बाँकी सदस्यहरु विधान बमोजिम मनोनित गर्ने प्रावधान भएको जनाइएको छ ।

यही फागुनमा हुन गइरहेको केन्द्रिय अधिवेशनलाई मध्य नजर गरी राप्रपा अहिले वडादेखि जिल्लासम्मका अधिवेशन गर्ने कार्यमा लागेको छ । उक्त नगर कमिटीमा चयन हुने सदस्यहरुमा हरि बिसी, कालीबहादुर चन्द, कलावती रेग्मी, खिमबहादुर बुढा, रिमा वली, तुलसी रोकाय, लक्ष्मी पोखरेल, प्रेमबहादुर परियार, मित्रलाल पाण्डे, हरि बहादुर शाही, भक्ती राना, विविसरा राजी, कौशीला सहानी, छत्रपति थापा र कुमारी पुन छन् ।
पार्टीका केन्द्रिय सह महामन्त्री मुकुन्दश्याम गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रिय सदस्यहरु भद्र बहादुर शाही, बसन्त थापा, ओम बहादुर जिसी, जिल्ला कार्य समितिमा वरिष्ठ अध्यक्ष कविराम पुरी, जिल्ला अध्यक्ष मान बहादुर खड्का लगायत जिल्ला कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरुका साथै जिल्ला निर्वाचन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम जनक शाहीले सहजीकरण गरेका थिए ।






