Loading... आजः २९ कार्तिक २०८२, शुक्रबार । Friday 14th November 2025
ताजा खबर
  

रहेनन् बलिउड अभिनेता ओम पुरी

मुम्बई । बलिउडका लोकप्रिय अभिनेता ओम पुरीको आज शुक्रबार बिहान निधन भएको छ । हृदयघात भएर उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीको ६६ वर्षको उमेरमा मुम्बईमा निधन भएको हो ।

पञ्जाबको पटियालामा प्रारम्भिक शिक्षा लिएका ओम पुरीले सन् १९७३ मा राष्ट्रिय नाट्य विद्यालयवाट स्नातक गरेका थिए ।

१९७६ मा पुणे फिल्म संस्थानवाट प्रशिक्षण लिएका ओम पुरीले निजी थिएटर ‘मजमा’ स्थापना गरेका थिए । सन १९७६ मा मराठी फिल्म घासीराम कोतवालवाट करिअर सुरु गरेका उनले ३१५ बढी हिन्दी फिल्ममा काम गरेका छन् ।