Loading... आजः ७ जेष्ठ २०८१, सोमबार । Monday 20th May 2024

मुक्तिनाथ भगवानको आरती सार्वजनिक

मुक्तिनाथ ।
विश्वका तीर्थस्थल मध्ये प्रमुख तीर्थस्थल मानिने मुक्तिनाथधामको महिमा समेटिएको आरती–भजन श्रीराम नवमीको अवसर पारेर सार्वजनिक गरिएको हो ।


मुक्तिनाथको भजन–आरतीलाई शब्द कौतुकी नामक युटुब च्यानलमार्फत पहिलो पटक सार्वजनिक गरिएको छ । पारम्परिक लोकलयमा गाइएको आरतीमा पुरुष तथा नारी आवाज गरी दुई अलग– अलग भर्सनमा एकैदिन सार्वजनिक गरिएको छ । नारी आवाजलाई गुरु परम्परा नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

पुरुषआवाजमा शास्त्रीय संगीतका प्रशिक्षक समेत रहेका तीर्थराज पोख्रेलको स्वर भरेका छन् भने नारी आवाजतर्फ नेपाल आईडल २०७८ को फाइनिस्ट समेत रहेकी लक्ष्मी पौडेलले स्वर दिएकी छिन् । शब्दहरूको रचना दिवाकर पौडेलले गरेका हुन् ।

यसको संगीत एरेन्ज बच्चा सिंहको रहेको छ भने अडियो मिक्सिङ एवं रेकर्डिङ कुमार के.सी. ले गरेका छन् । आरतीमा भिडियो निर्देशन, छायांकन एवं मिक्सिङ हरिकृष्ण रेग्मीको रहेको छ । मुक्तिनाथ आरतीको भिडियोका लागि संस्कृत युवामञ्च नेपालका गुरुहरू विश्वराज सापकोटा, धनिराम ढकाल तथा गोविन्दराज गौतमले मुक्तिनाथ भगवानको पावन धाममा महाआरती उतारेका थिए । यस म्युजिक भिडियोको निर्माण, लेखक स्वयंले गरेका हुन् ।

तल भिडियोमा भजन हेर्नुहोस्।