Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

राप्रपाका तीनवटै क्षेत्रीय अधिवेशन सम्पन्न

क्वीकखबर सम्वाददाता
सुर्खेत
२२ माघ २०७३
राष्ट्रिय प्राजातन्त्र पार्टीको सुर्खेत जिल्लास्थित तीनवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय समिति गठन भएको छ । जस अनुसार क्षेत्र नं. १ मा कर्ण बहादुर शाहीको अध्यक्ष, क्षेत्र नं. २ मा मान बहादुर खराल अध्यक्ष र क्षेत्र नं. ३ मा कर्ण बहादुर रेगामी मगर अध्यक्षमा चयन हुनु भएको छ । क्षेत्र नं. १ र ३ मा सबै सर्बसम्मत भएपनि क्षेत्र नं. २ मा भने सदस्यहरुको लागि निर्वाचन नै भएको थियो ।


जस अनुसार क्षेत्र नं. २ को खुल्ला तर्फ सदस्यहरुमा निर्वाचनबाट ८ जना सदस्यमा निर्वाचित भएका छन् । मतदान अधिकृतका नवराज खड्काका अनुसार जनक सिंह (९३), प्रेम बिसी (९२), भिमबहादुर खड्का (८८), अमृत राना (८०), टंकप्रसाद .रेग्मी (७९), रामप्रसाद ढकाल (७३), गणेश थापा (६६) र धर्मराज ढकाल (६३) सदस्यमा निर्वा्चित भएका हुन् । त्यस्तै, महिला तर्फका लागि टीका योगी र सन्तोषी शाही सदस्यमा चयन भएका छन् भने, दलित तर्फका सदस्यमा झरसिंह सुनार चयन भएका छन् ।

निर्वाचनमा जम्मा १ सय ४ मत खसेका थियो । क्षेत्र नं. २ मा चयन हुनुभएका अध्यक्ष मान बहादुर खरालले मुकुन्दश्याम गिरी, तुलाराम गिरी र भद्र बहादुर शाहीलाई सदस्यमा मनोनित समेत गरिसक्नु भएको छ सचिवमा कमलदेव जि.सी.लाई मनोनित गरिसकिएको राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतले जनाएको छ ।