Loading... आजः ६ जेष्ठ २०८१, आईतवार । Sunday 19th May 2024

राप्रपा राजतन्त्रकै पक्षमा उभियो, भन्यो- संस्कृतिक राजा चाहिन्छ

२ फागुन, काठमाडौं । संसदको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी संसदको नियन्त्रणमा रहने संस्कृतिक राजाको पक्षमा उभिएको छ ।

संवैधानिक राजतन्त्रको पक्षमा रहेको राप्रपा नेपाल र गणतन्त्र स्वीकार गरिसकेको राप्रपाबीच हालै एकता भएको थियो । र, फागुन ६ गतेदेखि एकता महाधिवेशन हुँदैछ ।

महाधिवेशनअघि सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राजसंस्था शान्ति, विकास र स्थायित्वका लागि आवश्यक भएको ठहर गरेको छ । ‘संसदको परिधि र नियन्त्रण अन्तरगत रहने राष्ट्रियता र सांस्कृतिक एकताको प्रतिकका रुपमा राजसंस्था रहनेछ’ राप्रपाले भनेको छ ।

साथै ‘नयाँ संविधान जारी भएसँगै मुलुक वैधानिक रुपमा गणतन्त्रमा प्रवेश गरेकोमा राप्रपा सचेत रहेको छ’ भनेको छ । अबको राजसंस्था परिर्वतनका पक्षधरहरुलाई चिक्त बुझ्ने, सहमति र सम्झौताको साझा संस्था हुनेछ ।’

गणतन्त्र राष्ट्रिय यथार्थ बनिसकेको भन्दै राप्रपाले राजसंस्थाबारे जनमत संग्रह उपयुक्त विकल्प हुने बताएको छ ।

‘सांस्कृति राजा चाहिन्छ भन्ने हाम्रो धारणा हो । तर, गणतन्त्रको यथार्थलाई पनि हामीले आत्मसाथ गरेको छ, प्रवक्ता ठाकुरप्रसाद शर्माले भने ।
स्रोत : अन लाइन खबर