रोशन र रश्मीले पाए आईसीए मास्टर एण्ड मिस ट्यालेन्ट को उपाधि
सुर्खेत
इन्टरनेशनल कोअपरेटिभ एकेडेमी वीरेन्द्रनगर सुर्खेत ले ट्यालेन्ट सो प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयका करीव पचास जना छात्र छात्रा विच भएको सो प्रतिस्पर्धा २१ माघबाट सुरु भएको थियो ।
शुक्रवार १२ प्रतिस्पर्धी विच भएको फाइनल प्रतियोगिता बाट सबैलाई उछिन्दै मिस ट्यालेन्टको उपाधि कक्षा ९ की रश्मी बटलाले हात पारेकी छिन् भने मास्टर ट्यालेन्टको उपाधि सोही कक्षाका रोशन पौडेलले हात पारेका छन् ।
उक्त उपाधिका लागि विद्यार्थीको प्रतिभालाई विभिन्न चरणमा मुल्यांकन गरीएको थियो । विद्यालयले विद्यार्थीको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन तथा प्रबद्र्धन गर्दै आएको शिक्षक बेतेन्द्रकुमार दहालले जानकारी गर्नुभएको थियो ।






