ब्राइडल्याण्डले मनायो अभिभावक दिवससँगै १३ औँ बार्षिक उत्सव
पार्वती थापा
सुर्खेत ।
३ फागुन २०७३
ब्राइडल्याण्ड सेकेण्डरी स्कूल वीरेन्द्रनगर २१ ले आफ्नो १३ औंँ बार्षिक उत्सव एवम् अभिभावक दिवस मनाएको छ । स्कूलको आफ्नै क्यालेण्डर अनुसार तयार गरिएको स्कूल खेलकुद सप्ताहमा भएको विभिन्न खेलका बिजेताहरुलाई पुरस्कार वितरण गर्दै विद्यालयले बर्ष भरीमा भए गरेका बार्षिक प्रगति प्रतिवेदन समेत प्रस्तुत गरिएको उक्त कार्यक्रम जिल्ला शिक्षा अधिकारी जीत बहादुर शाहको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिने अधिकांश वक्ताहरुले सरकारी विद्यालय र सामुदायिक विद्यालयले दिने सेवामा कसरी अन्तर हुन्छ भन्ने प्रसंग कोट्याउदै सामुदायिक विद्यालयमा शिक्षकको लगनशीलता र मिहिनेतले प्रभाव पारेको कुरा व्यक्त गरेका थिए ।

विद्यालयले बार्षिक उत्सवको अवसरमा असल शिक्षकको रुपमा टोप बहादुर खत्रीलाई सम्मान गरेको छ भने सरकारी विद्यालयका शिक्षक नारायण प्रसाद सिग्देललाई सम्मानित गरेको छ । साथै असल अभिभावकको रुपमा खेमराज शर्मा र इन्द्रा कार्कीलाई समेत सम्मान गरेको छ ।
प्याब्सनका केन्द्रिय सदस्य सिताराम पौडेल विशेष अतिथि रहेको उक्त कार्यक्रममा सागर भूषाल, प्रकाश शाही, नैनसिंह खत्री, नेत्रप्रसाद चालिसे, बेदप्रसाद ढकाल, हेमराज शर्मा, खगेन्द्र अधिकारी ‘अमृत’, नारायण प्रसाद सिग्देल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए । कार्यक्रम बालदीप कंडेलको सभापतित्वमा भएको थियो भने सहजीकरण बिनम कंडेल र योगेश शर्माले गर्नुभएको थियो ।






