Loading... आजः ६ जेष्ठ २०८१, आईतवार । Sunday 19th May 2024

२८०४ मत प्राप्त गरि राप्रपा अध्यक्षमा कमल थापा निर्वाचित

९ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा अध्याधिक बहुमतले निर्वाचित भएका छन् । प्रदीपविक्रम राणालाई हराउँदै थापा अध्यक्षमा निर्वाचित भएका हुन् ।

थापाले २ हजार ८०४ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी राणाले २५१ मत पाएको नेता राजाराम बर्तौलाले जानकारी दिए ।

राप्रपा अध्यक्ष चयनका लागि भएको मतदानमा कुल ३ हजार १३६ मत खसेको थियो, जसमध्ये ८१ मत भने बदर भएको छ ।

महाधिवेशनको पूर्वसंध्यामा राप्रपामा शीर्ष नेताहरुबीच कमल थापालाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति भएको थियो । तर, सहमतिको मसी सुक्न नपाउादै डा. प्रकाशचन्द्र लोहनी पछि हटे र अध्यक्षमा लड्ने घोषणा गरे ।

लोहनीले अन्तिम समयमा मैदान छाडे तर, उनी निकट राणाको उम्मेदवारी परेपछि थापा सर्वसम्मत हुन सकेनन् ।