Loading... आजः २५ बैशाख २०८३, शुक्रबार । Friday 8th May 2026
ताजा खबर
  

अभ्यास शिक्षणका विद्यार्थीद्वारा गजल प्रतियोगीता

सुर्खेत
२४ फागुन २०७३

सुर्खेत क्याम्पस शिक्षामा अभ्यास शिक्षण गरिरहेका विद्यार्थीहरुले नेपाली भाषा र साहित्यको श्रीबृद्धि गर्ने उद्देश्यले गजल प्रतियोगीता सम्पन्न गरेको छ । प्रतियोगीतामा सुगम सुनामी प्रथम, नगेन्द्र थापा द्वितिय, बसन्त जैसी तृतीय र योगेश रिजालले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ ।

छात्र शिक्षक मीना पौडेलको सभापतित्वमा भएको गजल प्रतियोगीताको प्रमुख अतिथि सहायक क्याम्पस प्रमुख बेलपत्र नाथ योगी रहनु भएको थियो । मध्यपश्चिमाञ्चल गजल मञ्चका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’ को संयोजकत्वमा महासचिव पहल असिम थापा र सचिव कृष्ण विरही जलन सदस्य रहेको निर्णायक समितिले प्रतियोगीताको निर्णय गरेको थियो ।

छात्रा सुनिता कोइरालाको नृत्यले  शोभा बढाएको कार्यक्रममा भरत प्रमोद दाहाल, स्ववियु सभापति चक्र बहादुर शाही, धर्मराज दानी, खगेन्द्र अटल, महेन्द्र चन्द महासागर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम गजलकार विष्णु महताराले संचालन गर्नुभएको थियो भने अतिथिहरुलाई शब्द स्वागत कटक बहादुर थापाले गर्नुभएको थियो ।