Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

बाढी पीडित विद्यालयको भवन निर्माणका लागि ३० लाख फर्निचर निर्माणका लागि २ लाख सहयोग

सुर्खेत
२३ फागुन २०७३
कोपिला भ्याली सेवा समाज सुर्खेतले २०७० सालमा आएको बाढीले क्षति पु¥याएको कोपिला माध्यमिक विद्यालय पर्सेनी वीरेनद्रनगर १५ सुर्खेतलाई भवन निर्माणका लागि रु. ३० लाख सहयोग प्रदान गरेको छ ।

?

आज एक पत्रकार सम्मेलनको आयोजना गरी कोपिला भ्याली सेवा समाजका अध्यक्ष टोप बहादुर मल्लले कोपिला माध्यमिक विद्यालय पर्सेनीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्दजंग शाही र प्रधानाध्यापक सिद्धिखर रेग्मीलाई संयुक्त रुपमा चेक हस्तान्तरण गर्नुभएको हो ।

त्यसैगरी उक्त पत्रकार सम्मेलनमा नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय लेखपराजुल ३ थर्मुसे सुर्खेतलाई फर्निचर निर्माणका लागि २ लाखको चेक समेत हस्तारन्तण गरिएको छ । नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय थर्मुसेका शिक्षक पूर्ण बहादुर शाहीलाई उक्त चेक हस्तान्तरण गरिएको हो ।

कोपिला माध्यमिक विद्यालय पर्सेनीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्दजंग शाहीले उक्त सहयोग रकमबाट नेपाल सरकारले तोके बमोजिम जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा भूकम्प प्रतिरोधात्मक भवन बन्ने बताउनु भएको छ । यो ठेक्कापट्टाको योजना नभई सहयोगको योजना भएकोले यसमा कसैले पनि कहीँ कतै योजना भन्दा फरक तरिकाले काम गर्न नपाउने र सहयोगीले गरेको सहयोग रकमलाई सही काममा लगाउने प्रतिवद्धता समेत गर्नुभएको छ ।

नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय थर्मुसेका शिक्षक पूर्ण बहादुर शाहीले सहयोग चेक बुझ्ने क्रममा भन्नुभयो – अविरल बर्षाका कारण आएको पहिरोले विद्यालय पूर्ण रुपमा क्षति भएपछि नजिकैको छिन्चु माविमा ल्याएर एक वर्ष विद्यार्थीलाई बढाउन बाध्य भइयो तर अहिले सार्वजनिक स्थानमा विद्यालयको ४ कोठो भवन निर्माण गरेका छौ । फर्निचरको आवश्यकता थियो यो सहयोगले फर्निचरको आवश्यकतालाई केही हदसम्म भएपनि पुरा गर्नेछौ । अझैँ आफ्नो विद्यालयलाई अरु ५ कोठाको भवनको आवश्यकता रहेको छ ।