Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा खेलकुद सप्ताहको उद्घाटन

सुर्खेत
२५ फागुन २०७३

पार्वती थापा 
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले बार्षिक रुपमा गर्दै आएको तेस्रो खेलकुद सप्ताहको उद्घाटन आज सुर्खेतमा रहेको केन्द्रिय क्याम्पस परिसरमा भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन आयोजक रहेको उक्त खेलकुद सप्ताहको उद्घाटन मध्यपश्चिमाञ्चल विश्वविद्यालय विश्वविद्यालयका उपकूलपति प्रा. डा. उपेन्द्र कुमार कोइरालाले गर्नुभएको हो ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष झक्क बहादुर शाहीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विशेष अतिथिको आशनबाट बोल्दै विश्वविद्यालयका रजिष्टार डा. महेन्द्रकुमार मल्लले विश्वविद्यालय भन्नुभयो – विश्वविद्यालयले गरेका राम्रा कामहरुको स्रहाना गर्न सक्ने क्षमता राख्नुहोस् । पहिले र अहिलेको दाँजोमा विश्वविद्यालयका गतिविधिहरु सबै सरोकारवाला निकायहरुले हेरिरहनु भएको छ । जहिले पनि विद्यार्थीको पढाइ र भलाइको लागि लागि परेका छौ । त्यसैगरी मध्यपश्चिमाञ्चल विश्वविद्यालय विश्वविद्यालयका उपकूलपति प्रा. डा. उपेन्द्र कुमार कोइरालाले प्रमुख अतिथिको आशनबाट खेलकुद सप्ताहलाई शुभकामना दिँदै भन्नुभयो – स्ववियुले सबै विद्यार्थी संगठनलाई मिलाएर लैजान सक्नु पर्छ । संगठनको राजनीतिको नाममा शिक्षकले टाएर बालेर हुँदैन पढाउनु पर्छ । परीक्षामा विद्यार्थीहरुलाई के पार्टीका आधारमा नम्बर दिनुहुन्छ ? उ

हाँले प्रश्न गर्नुभयो । बौद्धिक नेता बन्न सक्नुहोस् राजनीतिक नेता बनेर आन्दोलन तिर होइन विश्वविद्यालय बनाउन र आफ्नो भविष्यको निर्माणमा लाग्नुहोस् । नकारात्मक सोच हटाउनुहोस् । उहाँले विद्यार्थी नेताहरुलाई अंकित गर्दै भन्नुभयो – राजनीतिमा हिरो र पढाईमा जिरो नबन्नुहोस् ।

खेलकुद उद्घाटन कार्यक्रममा खेलाडी चन्द्र गिरी र कृष्ण श्रेष्ठलाई सम्मान समेत गरिएको थियो । खेलकुद तथा रचनात्मक सप्ताहमा आजैदेखि नृत्य प्रतियोगीता, भलिबल प्रतियोगीता शुरु भइसकेको छ भने भोलि २६ गते गजल र २७ गते कविता प्रतियोगीता हुने आयोजक संयोजक एवम् स्ववियु अध्यक्ष झक्क बहादुर शाहीले जानकारी दिनु भयो । कार्यक्रम स्ववियु सचिव भरत बहादुर शाहीले संचालन गर्नुभएको थियो ।

खेलकुद सप्ताह चैत्र १ गतेसम्म संचालन हुनेछ ।