Loading... आजः २० आश्विन २०८३, मंगलवार । Tuesday 6th October 2026

सुर्खेतमा पनि मनाइयो १०७ औंँ अन्तर्राष्ट्रिय नारी दिवस

सुर्खेत
२५ फागनु २०७३

‘महिला सम्मानको आधार, सीपयुक्त हात र स्वरोजगार’ भन्ने मूल नाराका साथ सुर्खेतमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ ।


महिला तथा बालबालिका कार्यालय सुर्खेतको आयोजनामा महिला दिवस मनाइएको हो । महिला तथा बालबालिका कार्यालय प्रमुख जमुना पौडेलको अध्यक्षता एवम् स्थानीय विकास अधिकारी अमृत लम्सालको प्रमुख आतिथ्यतामा महिला दिवसको कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी हित प्रसाद पौडेलको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमका अधिकांश वक्ताहरुले महिला अब कुनै पनि कुरामा कमजोर नरहेको र उनीहरु पनि पुरुष सरह जुनसुकै काम गर्न सक्षम रहेको बताएका थिए । पुरुषहरुलाई महिलाहरुको साथ र सहयोगको खाँचो भए झँै महिलाहरुलाई पनि पुरुषको साथ र सहयोग खाँचो छ । नारी पुरुष एक रथका दुई पाङ्ग्रा भएकोले दुबै पक्षसँगसँगै अघि बढ्न जरुरी रहेको छ ।


कार्यक्रममा जिल्ला भूसंरक्षण सुर्खेतका प्रमुख शिवराम अधिकारी, वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत बिमलराज आचार्य, जिल्ला न्यायधिवक्ता रत्न प्रकाश गिरी, तथ्याँङ्क अधिकृत लक्ष्मण कंडेल, अन्तरपार्टी महिला सञ्जालका शान्ति सिंह, लोकत्रान्तिक महिला सञ्जालका हरिमाया शर्मा, महिला समन्वय समितिका मोहन माया ढकाल, गौरादेवी गिरी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न महिला समूहद्वारा गीत, गजल, कवितासँगै नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।