Loading... आजः २६ श्रावण २०८३, मंगलवार । Tuesday 11th August 2026

भेरी यातायात समितिको प्रेस सल्लाहकारमा श्रेष्ठ

नेपालगञ्ज
२४ फागुन २०७३

सार्वजनिक भेरी यातायात समितिको अध्यक्षमा निर्वाचित गणेश थापाको नयाँ कार्यसमितिले निष्पक्ष ध्वनि दैनिकका सम्पादक उदय सिंह श्रेष्ठलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको छ ।

Image may contain: 1 person, closeup
नवनिर्वाचित समितिका अध्यक्ष थापालगायतको कार्यसमितिलाई मंगलबार विहान निर्वाचन समितिले पदस्थापना गराई दिउँसो भएको पहिलो बैठकले पत्रकार श्रेष्ठलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको हो । सार्वजनिक भेरी यातायात समितिमा यसअघि प्रेस सल्लाहकार राख्ने व्यवस्था थिएन ।
शनिबार सम्पन्न निर्वाचनको सोमबार मतगणनापश्चात ४३ मत ल्याई गणेश थापा निर्वाचित हुनुभएको हो ।