Loading... आजः २७ श्रावण २०८३, बुधबार । Wednesday 12th August 2026

जाजरकोटमा बस भिरबाट खस्यो, १० को मृत्यु

जाजरकोट

२६ फागुन २०७३

जरकोटमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २० भन्दा बढी घाइते भएका छन्।

बिहीबार अपरान्ह सदरमुकाम खलंगाबाट साल्माको खाराका लागि छुटेको ना ३ ख २२७९ बस भेरीमालिका–४, बोहोरा गाउँको मोडबाट पासागाड खोलामा खसेको हो। बस भिरबाट करिव दुई सय मिटर तल खसेको छ। दुर्घटनामा परी ज्यान गुमाएका १५ जनाको शव नेपाली सेना र प्रहरीको टोलीले बाहिर निकालेको छ।

दुर्घटनामा परेका १५ जनाको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल खलंगा पठाइएको छ। अन्य यात्रुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

२३ जना यात्रुको चलानी लिएर हिडेको बसमा करिब ५० जनाभन्दा बढी यात्रु चढेको अनुमान छ।