शनिबार काठमाण्डौमा निकै चिसो थियो । बाहिर सिमसिम पानी परिरहेको थियो, भित्र केदार संकेत छोटा मिठा कविता सुनाउँदै थिए । बेलायतबाट केही दिनको छुट्टी लिएर नेपाल आएका संकेतले चिन्डो कुक्सको आयोजनामा २ दर्जन कविता सुनाए । आयोजक संस्थाका कवि गशेणकुमार र्राईले कवि र अतिथिहरुलाई स्वागत गरे । कवि तथा कलाकार रमेश पौडेललको एकल कवितावाचन गर्ने कवि संकेतको कविता लेखन र साहित्यिक लगावको बारेमा चर्चा गर्दै फूलमालाले कविताको दुनियामा स्वगत गरे । त्यसपछि कवि संकेतले कविता सुनाउन थाले । उनको कवितावाचन शैली केही औपचारिक र केही अनौपचारिकले रोचकता दिएको थियो ।
यसरी एक्कासी आज
सल्लेरी टु यूके सम्झायौ
मेरो काव्य स्पर्शमा तिमी
कविताको मसी भएर
सम्झनाका आँशुमा फेरि पनि बग्यौ ।
संकेतलाई कवितावाचनमा सघाए युवराज नयाँघरे, स्वप्निल स्मृति, गोपीकृष्ण प्रर्साई, प्रगति र्राई, राजन समीप, चन्द्रा चाम्लिङ र साङ्केन वान्तवाले । एकल कवितावाचनको बधाई सहित समापन गरेका थिए कवि उपेन्द्र सुब्बाले ।