Loading... आजः ६ जेष्ठ २०८१, आईतवार । Sunday 19th May 2024

मिडिया नेपालको मञ्चबाट डा. राणाले गरे मेयरको उम्मेदवारी घोषणा

नेपालगन्ज, २ चैत्र ।

मिडिया नेपालको स्थापना दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवल सम्शेर राणाले नेपालगन्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवारीको घोषणा गर्नु भएको छ ।

मिडिया नेपाल मध्यपश्चिम क्षेत्रीय कार्यालय, नेपालगन्जले आयोजना गरिएको संगितमय ,रात्रीभोजको साथ स्थापना दिवस र होली मिलनको कार्यक्रमको आयोजना गरेको थियो । मिडिया नेपालको स्थापना दिवसमा राप्रपाका महामन्त्री डा.  राणाले राष्ट्रिय स्तरको नेता हुनको लागि सर्वप्रथम आफ्नो क्षेत्रलाई बनाउनु पर्ने धारणा राख्दै नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा विकासको लागि मेयरमा  उम्मेदवारी दिने घोषणा गर्नु भएको थियो ।

मिडिया नेपालको स्थापना दिवस समारोहको मुख्य अतिथी मुस्लिम समुदायका बरिष्ठ हाजी अजिज र मिडिया नेपालका केन्द्रिय उपाध्यक्ष तथा मध्यपश्चिम क्षेत्रीय संयोजकले संयुक्त रुपमा पानसमा बत्ती बाल्दै जन्मदिनको केक काटी कार्यक्रम शुभारम्भ गरिएको थियो । उक्त स्थापना दिवसमा प्रमुख अतिथि अजिज र केन्द्रिय उपाध्यक्ष तथा मध्यपश्चिम क्षेत्रीय संयोजक श्रेष्ठले राप्रपाका महामन्त्री डा. राणा, राप्रपा केन्द्रिय सदस्य तथा पुर्व मन्त्री प्रेम बहादुर भण्डारी, केन्द्रिय सदस्य सल्लाउद्दिन जसगढ, सार्वजनिक भेरी यातायात समितिका नवनिर्वाचित अध्यक्ष गणेश थापा र बेलायतबाट मिडिया नेपाल मध्यपश्चिमको अनुरोधमा आउनु भएका बरिष्ठ बाल शल्य चिकित्सक डा. राम कुमार श्रेष्ठलाई दोसल्ला, फुलको माला र फुल गुच्छा दिई भब्य सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा मध्यपश्चिम क्षेत्रको उत्कृष्ट शाखाको घोषणा गर्दै मिडिया नेपाल बाँके शाखाका अध्यक्ष हेमन्त चौधरीलाई सम्मानका साथ नगद रु. ३ हजार पुरस्कार समेत दिइएको थियो ।  मिडिया नेपालको स्थापना दिवसलाई जन्मदिनको रुपमा मनाउने तयारी रहेकोले राजधानी लगायतका स्थानमा दुई जना राष्ट्रिय गायिकालाई माला लगाई सम्मान गर्नुका साथै नाचगान समेत प्रस्तुत गरी भब्यताका साथ सम्पन्न  गरिएको थियो । उक्त कार्यक्रमको सभापति तथा मिडिया नेपालका केन्द्रिय उपाध्यक्ष एवम् मध्यपश्चिम संयोजक श्रेष्ठले मिडिया नेपाल राप्रपाको शुभेच्छुक संस्थाको रुपमा रहेको भएपनि अहिलेसम्म कलमलाई स्वतन्त्र रुपमा छाडिएको तथा कहिकतैबाट समाचारको निहुँमा दबाव नआएको भन्दै अगाडि भन्नु भयो – ‘३४ वर्षको पत्रकारिताको इतिहासमा अन्य विभिन्न राजनीतिक पार्टीमा आस्था राख्ने पत्रकारको कलमलाई दबाव सृजना हुने गरेको तितो अनुभवको साथमा राप्रपाबाट कुनै किसिमको दबाव भएको छैन ।’ उहाँले अगाडि थप्नु भयो–‘नेपालगन्ज उपमहानगरपालिकाका विगतमा मेयरको कुरा गर्दा डा. राणा मेयर हुँदा गरेका विकास कामको मूल्याकंन गर्दै भोलिका दिनमा डा. राणाले घोषणा गर्नु भएको कुरालाई मनन गर्दै डा. राणाले नगरको विकास गर्न सक्नु हुन्छ भने हामी सबै मिडियाले साथ दिनु पर्छ ।’ नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदको लागि उम्मेदवारी दिने विषयमा अन्य  राजनीतिक पार्टीभित्र किचलो  भईरहेको अवस्थामा राप्रपाबाट डा. राणाले शुरुमैं घोषणासँगै राजनीतिक सगर्मी ह्वात्तै बढेको देखिएको छ ।