मिडिया नेपालका उपाध्यक्ष सम्मानीत
कपिल आचार्य
सुर्खेत
राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतले मिडिया नेपालका केन्द्रिय उपाध्यक्ष एवम् मध्यपश्चिम संयोजक उदय सिंह श्रेष्ठलाई सम्मान गरेको छ । मिडिया नेपालको आयोजनामा निकट भविष्यमा नै हुने निःशुल्क स्वास्थ्य शिविर संचालनार्थ लण्डनबाट नेपाल आउनु भएको डा. राम कुमार श्रेष्ठलाई समेत सम्मान गरेको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष मान बहादुर खड्काले दोसल्ला सहित माला र अविरद्धारा उहाँहरुलाई सम्मान गर्नुभएको थियो ।






