Loading... आजः ३ बैशाख २०८१, सोमबार । Monday 15th April 2024

राप्रपाको निर्वाचन कार्यालयमा धर्ना (फोटो फिचर)

७ चैत्र २०७३
सुर्खेत

राष्ट्रिय प्रजातन्त्र पार्टीले देशव्यापी रुपमा आन्दोलनको शुरुवात गरेको छ । जस अन्तर्गत आज फागुन ७ गते देशभरका जिल्ला निर्वाचन कार्यालयहरुमा ज्ञापन पत्र बुझाउँदै १ घण्टा धर्ना बस्ने कार्यक्रम अन्तर्गत सुर्खेत जिल्ला निर्वाचन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै राप्रपाका नेता तथा कार्यकर्ताहरु धर्ना बसेका छन् ।

निर्वाचन आयोगले हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्रको मुद्दा वर्तमान संविधानसँग बाझिएको भन्दै पार्टीको विधानबाट हटाउने निर्णय गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी त्यसको विरोधमा उत्रिएको छ ।

सुर्खेतको वीरेन्द्रनगर बजारलाई नारा जुलुस सहित परिक्रम गरी राष्ट्रिय प्रजातन्त्र पाटी नेता तथा कार्यकर्ताहरु निर्वाचन आयोगको जिल्ला कार्यालयमा पुगेका थिए ।

फोटोहरु