Loading... आजः १० असार २०८३, बुधबार । Wednesday 24th June 2026
ताजा खबर
  

पाँच नम्बरमा उमेद्वारी घोषणा

मालती वि.क.
सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ५ मा राष्टिय प्रजातन्त्र पार्टीको वडा कार्य समितिको बैठकले तय गरेका उमेद्वारहरुको नामावली पार्टीका नेता तथा कार्यकर्ताहरुको एक विशेष भेलाले अनुमोदन समेत गरेको छ ।

?

वडा कार्य समितिका अध्यक्ष जगत बहादुर भण्डारीको अध्यक्षतामा बसेको बैठकले नगरपालिकाको वडा नं. ५ को उमेद्वारहरुको नामावली प्रशासन गरेको हो ।
जसअनुसार अध्यक्षको उमेद्वारमा जगत बहादुर भण्डारीलाई चयन गरेको छ भने अन्य सदस्यहरुमा महिला, जनजाति, दलित समेत सबै पक्षलाई समेट्ने गरी गीता बैगार, दान बहादुर रोकाय, भूमिसरा गरन्जा र पदम बहादुर गुरुडलाई चयन गरेको छ ।
वडा कार्य समितिको बैठकले प्रस्तावित गरी वडा भेलाबाट अनुमोदन गराइका उमेद्वारहरुको नामावली पार्टीको जिल्ला कार्य समितिमा उठाइएको जगत बहादुर भण्डारीले सूक्ष्मदृष्टिलाई बताए । कार्यक्रममा जिल्ला कार्य समितिका सहसचिव कमल जि.सी.को उपस्थिति रहेको थियो ।