Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

राप्रपाको अनुशिक्षण कार्यक्रम सम्पन्न

 पार्बती थापा
सुर्खेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले एक दिने कार्यकर्ता अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । चैत्र ९ गते सुर्खेतको वीरेन्द्रनगरमा एक विशेष कार्यक्रमको आयोजना स्थानीय निर्वाचनलाई मध्य नजर गर्दै राप्रपाले अनुशिक्षण कार्यक्रमको आयोजना गरेको जनाएको छ ।


कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता समेत रहेकी पूर्व स्थानीय विकास राज्यमन्त्री कुन्ति कुमारी शाहीले अब पार्टीका नेता तथा कार्यकर्ताहरु गाउँ गाउँमा पुग्नु पर्ने अवस्था आइसकेको बाताउनु भयो । उहाले थप्नु भयो – निर्वाचन आयोगले हाम्रो सिद्धान्त माथि कुठाराघात गरेको छ । त्यो निर्णय नसच्याए कडा आन्दोलनमा गएर भएपनि आफ्नो सिद्धान्तलाई स्थापित गरेरै छाड्छौ ।


कार्यक्रममा मुकुन्दश्याम गिरीले कार्यपत्र प्रस्तुत गर्दै नयाँ संरचनाको बारेमा कार्यकर्ताहरुलाई प्रशिक्षण समेत दिनु भएको थियो  ।  कार्यक्रममा मुकुन्दश्याम गिरी, तुलाराम गिरी, कविराज पुरी, ओम बहादुर जिसी, भरत प्रसाद ढकाल र भद्र बहादुर शाही लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला कार्य समितिका अध्यक्ष मान बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सहजीकरण सूर्य बहादुर शाहीले गर्नु भएको थियो  ।