Loading... आजः १० असार २०८३, बुधबार । Wednesday 24th June 2026
ताजा खबर
  

सुर्खेत पुर्व प्रहरी परिषदको नयाँ कार्य समिति चयन

सुर्खेत

१६ चैत २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन पुर्व प्रहरी परिषद जिल्ला कार्य समिति सुर्खेतको भेला भव्यताका साथ सम्पन्न भएको छ । कर्ण ब. थापाको सभापतित्वमा बसेको भेलाले नयाँ कार्य समिति चयन गरेको छ ।

उक्त कार्यक्रममा पुर्व प्रहरी परिषदका केन्द्रिय अध्यक्ष श्री हरीहर श्रेष्ठको प्रमुख अतिथ्यामा सम्पन्न भएको थियो । भेलाले सुर ब. सिंहको अध्यक्षतामा १५ जना सदस्य सहितको नयाँ कार्य समिति चयन गरेको छ। यसै गरि उपाध्यक्षमा धर्मराज ढुंगाना , सचिबमा  सुरत रावल ,सह- सचिबमा झुपलाल गिरी र कोषाध्यक्षमा बलाराम देवकोटा चयन भएका छन भने सदस्यहरुमा क्रमश: भिम प्रसाद अधिकारी, रण ब.चलाउने, शिवराज गौतम, भुवन सिंह, राम्जाली,बलाराम देवकोटा, भिम ब. चन्द, सेर ब. थापा, खड्क ब. राना, जगत भण्डारी चयन भयका छन भने संगठनको सल्लाहकारमा प्रेम बैगारलाई नियुक्ति गरिएको थियो।

त्यसै गरि संगठनको बिधान बमोजिम केन्द्रीय अध्यक्षको हक अधिकार अनुसार तत्कालीन पुर्ब प्रहरी परीषदका जिल्ला अध्यक्ष कर्ण ब.थापालाई उहाले गरेको मिहेनत, पार्टी र संगठन प्रतिको लगनशीलतालाई मुल्यांकन गर्दै केन्द्रिय सदस्य पदमा मनोनीत गर्नु भएको थियो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि पुर्व प्रहरी परीषदका केन्द्रीय अध्यक्ष हरिहर श्रेष्ठ रहनु भएको थियो भने पार्टीका वरिष्ठ नेता मुकुन्दश्याम गिरीले विशेष अतिथिको आसन ग्रहण गर्नु भएको थियो। यसै गरि कार्यक्रममा अतिथिको रुपमा पार्टीका जिल्ला अध्यक्ष मान ब. खड्का,पार्टीका भेरी अञ्चल सदस्य श्री पराक्रम सिंह ठकुरी लगायत जिल्लाका सदस्यहरुको उपस्थिति रहेको पार्टीका जिल्ला सदस्य तथा सञ्चार प्रतिनिधि प्रेम बि.सी ले जानकारी दिनु भयो ।