Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

एम्नेस्टी इन्टरनेसनल नेपालको १० औं बार्षिकोत्सव सम्पन्न

कपिल आचार्य
१९ चैत्र २०७३, सुर्खेत ।

एम्नेस्टी इन्टरनेसनल नेपाल, काँक्रेविहार युथ नेटवर्क सुर्खेतको १० औं बार्षिकोत्सव सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । बार्षिकोत्सवको अवसरमा भएको साधारण सदस्यहरुको भेलाले सचिवमा जीवन बि.सी, कोषाध्यक्षमा घनश्याम राना एवम् सदस्यमा अनिता शाहीलाई निर्विरोध निर्वाचित गरेको छ । बाँकी पदाधिकारीहरु भने पुरानै बहाली रहनु भएको अध्यक्ष सिर्जना जि.सी.ले जानकारी दिनु भयो ।

भानुभक्त भारतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा देबेन्द्र सेजुवाल, सीमा चन्द, यमुना सापकोटा, नारायण नाथ योगी, जगत अधिकारी, खगेन्द्र अधिकारी, भोजप्रसाद आचार्य, कृष्ण विरही जलन लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अनिता शाहीले ९८ हजार ७ सय आय व्यय भएको आर्थिक प्रतिवेदन र प्रकाश जैसीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका अध्यक्ष सिर्जना जिसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण जीवन विसीले गर्नुभएको थियो ।