Loading... आजः ६ जेष्ठ २०८१, आईतवार । Sunday 19th May 2024

जातीय विभेदको कारण निर्घात कुटिए दलित बालक

चैत १८, २०७३ सुर्खेत

एउटा ठकुरी परिवारले घर भित्र पसेको भन्दै सुर्खेतमा एक दलित बालकलाइ  निर्घात रुपमा कुटेको छ ।  जातीय विभेदका कारण भीमबहादुर बिक कुटिएका हुन्छ  । आफ्नो घरभित्र पसेर भान्सा छोएको भन्दै सुर्खेत पश्चिममा रहेको कुनाथरी गाविसका भीमबहादुर शुक्रबार छिमेकीबाट कुटिएका हुन्।

कुटिएका भीम बहादुरलाई देखाउदै उनकी आमा बाटु

९ वर्षीय बालक भीमबहादुर बिकलाई छिमेकी भरतबहादुर शाही र उनकी आमा बाटु शाहीले मरणासन्न हुने गरी कुटेको भीमबहादुरका आफन्तले बताएका छन्। भरत बहादुर शाहीका भाइ चक्रबहादुर शाहीले काम छ भन्दै आफ्नो घरमा बोलाएको र बालक भित्र गएपछि भित्र पसेको भन्दै बालकलाई कुटपिट गरेको आफन्तको भनाइ छ।

आफू बाख्रा गोठाला गएको समयमा छोरालाई कुटिएको भन्दै बालककी आमा जयसरा बिकले बताएकी छन ।  अहिले उनी न्यायको खोजीमा जिल्ला प्रहरी कार्यालय सुर्खेत आइपुगेकी छन्। घटना भएको स्थान बिरेन्द्रनगर देखि करिब ३० कि मि पश्चिममा पर्छ ।