Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

निर्वाचन जिते पछी दुई वर्षमा लालपूर्जा वितरण गर्छु :  दाहाल

२२ चैत्र २०७३
पार्बती थापा /सुर्खेत

वीरेन्द्रनगर नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका शिक्षाप्रेमी एवम् समाजसेवी गेहेन्द्र प्रसाद दाहालले आफूलाई निर्वाचन जिताउन आग्रह गर्दै भूमिहिनहरुलाई भन्नुभयो निर्वाचन जितेको २ वर्षभित्र तपाइँहरुको हात हातमा लालपूर्जा दिने काम गर्छु ।


सोमबार सुर्खेतको वीरेन्द्रनगरमा भूमिअधिकार मञ्चले आयोजना गरेको कार्यक्रममा गेहेन्द्र प्रसाद दाहालले यस्तो बताउनु भएको हो । भूमिहिनहरुले आयोजना गरेको कार्यक्रममा भूमिहिनहरुले अहिलेसम्म कुनै पनि पार्टीले आफूहरुलाई भूमिका मालिक बनाउन नसकेका गुनासो पोखेका थिए ।

निर्वाचनको बेलामा भोट माग्ने र अरु बेलामा कुनै मतलब नगर्ने दलहरुलाई अबको निर्वाचनमा आफ्नो मताधिकार प्रयोगको ताकत देखाइदिने उद्घोष गर्दै गर्दा दाहालले आफ्ना पार्टी र आफ्ना कार्यकर्ताहरुलाई भाग बण्डा गरेर वीरेन्द्रनगरको भूमिमा अन्याय गरेको बताउँदै अब स्वतन्त्र रुपमा आफू नगरको विकास गर्नका लागि लागिपरेकोले सम्पूर्ण नगरप्रेमीहरुको मत आफ्नो पक्षमा आउने विश्वास समेत व्यक्त गर्नु भएको थियो । कार्यक्रममा बोल्दै दाहालले भन्नुभयो – जनताका बस्ने घर छैनन् । खानेपानी पाएका छैनन् । उनीहरुले लालपूर्जा नपाएकोले खानेपानीबाट समेत बञ्चित छन् तर राजनीतिक दलहरु मिलेर बाँडेर खाएका छन् ।

उहाँले थप्नुभयो –हिजो जनताका घरमा डोजर चलाउनेहरु होसियार जब मलाई वीरेन्द्रनगर बासीले विश्वास गरेर नगर बनाउने जिम्मा दिन्छन् तब तिम्रा पार्टी कार्यालयहरुमा डोजर चलाउँछु । नगरको विकास गर्नका लागि आफूले कुनै पनि पार्टीको तर्फबाट नभई स्वतन्त्ररुपमा उम्मेदवारी घोषणा गरेको समेत बताउनु भयो ।