Loading... आजः २७ बैशाख २०८३, आईतवार । Sunday 10th May 2026
ताजा खबर
  

दुइ विश्वविद्यालय विच समझदारी पत्रमा हस्ताक्षर

सुर्खेत

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत र महेन्द्रनगर कंचनपुरमा रहेको सुदुरपश्चिमाञ्चल विश्वविद्यालयविच विहिबार विद्यार्थी आदानप्रदान, फ्याकल्टी आदानप्रदान, बिशेषज्ञ आदानप्रदान, संयुक्त अनुसन्धान कार्य, परियोजना कार्य, क्षमता विकास सम्बन्धी तालिम, सेमिनार, सम्मेलन, क्रेडिट ट्रान्सफर आदिको क्षेत्रमा आपसी सहयोग आदानप्रदान गर्ने  गरी समझदारी पत्रमा दुई विश्वविद्यालयका उपकुलपति स्तरमा द्विपक्षीय आपसी समझदारी पत्रमा हस्ताक्षर भएको विश्वविद्यालयका सूचना अधिकारी विष्णु कुमार खड्काले जानकारी दिए ।

समझदारी पत्रमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइराला र सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका तर्फबाट प्रा. भुषण श्रेष्ठले हस्ताक्षर गरेका छन् भने जसको साक्षीका रूपमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्र कुमार मल्ल र सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डीन प्रा.डा. चन्दन सिंह बोहरा रहेका छन्। मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाले चैत २४ को नेपाली इतिहासको अविस्मरणीय दिनको स्मरण गर्दै दुई विश्वविद्यालयविचको समझदारीले दुवै विश्वविद्यालयलाई नयाँ उचाईमा पुर्याउन सिनर्जि प्रदान गरेको बताउदै मध्यपश्चिमाञ्चल विश्वविद्यालय विदेशका मात्र होइन स्वदेशका समेत विश्वविद्यालयहरूसंग आपसी समझदारी पत्रमा हस्ताक्षर गरी अनुभव र विज्ञता आदानप्रदान गर्ने र आपसी सरसहयोगलाई अभिवृद्धि गर्नमा हस्ताक्षर नयाँ आयम हुने दाबि गरे।

त्यसैगरी सुदुर पश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. भूषण श्रेष्ठले नेपालका विश्वविद्यालयविच भएको यो हस्ताक्षर सम्भवतः पहिलो भएको दाबि गर्दै यो अवसरले ऎतिहासिक र नवीन सुरुवात भएको बताइन। साथै एकै प्रकृतिका दुई विश्वविद्यालयविचको समझदारी पत्रले विश्वविद्यालयको शैक्षिक प्राज्ञिक विकासमा सहयोग हुने विश्वास व्यक्त गरिन।

उक्त समझदारी पत्र हस्ताक्षर कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्र कुमार मल्ल, कार्यकारी परिषद्का सदस्य भिउसिं बुढा , विभिन्न संकायका डीनहरुडा. मस्त बहादुर गरंजा, प्रा.डा. देव बहादुर खड्का,खोपिराम लम्साल, यम बहादुर कार्की, ई. ललितबिक्रम राणा,निर्देशकहरू डा. दिप बहादुर रावल,गणेश बहादुर कार्की, लिलाधर तिवारी, मुसुमका कार्यक्रम निर्देशक डा. नारायण पौडेल सुदुरपश्चिमान्चल विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा.डा. चन्दन सिंह बोहोरा , शिक्षा शास्त्र सङ्कायका विभागीय प्रमुख शिल निधि चन्द, व्यवस्थापन सङ्कायका विभागीय प्रमुख प्रा. यज्ञराज पाठक, मानविकी र सामाजिकशास्त्र संकायका विभागीय प्रमुख सुरेशसिंह भण्डारी लगायतको उपस्थिति रहेको थियो । यस अघि दुवै विश्वविद्यालयका पदाधिकारी तहको संयुक्तशिष्टाचार बैठक बसीआपसी एकै प्रकृतिका एकै समयमा एकै किसिमकोउद्देश्यले स्थापना भएको विश्वविद्यालय भएकोले आपसी सहकार्य गरि अगाडि बढ्न सकिने निष्कर्ष निकालेका थिए।