Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

चक्र बाबु चन्द – (कविता) – उ हेर आउदै छ  नयाँ बर्ष

उजाड भएका रुखहरु
हरियाली को बादल भित्र
हराउनेछन जसरी बसन्तका
पालुवाहरु एका एक फेरबदल
हुने छन,।।।
उ हेर त आउदै छ नया बर्ष

त्यसै गरि यहाँ मानवीय
सोच,बिचार परिवर्तन हुनेछन् आमूल
परिवर्तन हुनेछ देशमा,, जानु पर्ने छैन
दैनिक लाखौ युवाहरू अरब तिर,
उ हेर त आउदै छ नया बर्ष

अकाल मै ज्यान
गुमाउन पर्ने छैन कसैले, नदोहोरियोस
२०७२ कहिले पनि , जहाँ नया बर्षको
सुरुवातमै जहारौ लासहरु एउटै चिहान
बनाउने २०७२ कहिले प्लेन दुर्घटनाको
बहाना त कहिले दैवीप्रकोप
बहानामा, लाखौ बालबालिकालाई खुल्ला
आकाशमा पुर्याउने हजारौ नेपालीहरुलाइ
टुहुरो २०७२ हार्दिक
श्रद्धा  दिन
उ हेर त आउदै छ नया बर्ष……..

इतिहासमा कहिले मेटिने छैन,
तिम्रो दुर्गति,. जे जस्तो होस २०७२
सालमा अपाङ्ग बनाइएका
घाउहरुमा मलम लगाउने छ ।
फेरि उठाउने छ त्यो धरहरा,
फेरि गुन्जयमान बनाउने छ पशुपति
नाथमा सितारामका का आवाजहरु,
उठाउने छ फेरि असान्दर्भिक भै लडेका
भिमसेनका सालिकहरु,
फेरि उस्तै शहर छ मेरो राजधानीलाई,
आस्थाका प्रतिबिम्बहरु फेरि नया
जिवन्  सुरुवात गर्नेछन टुहुरा अनाथहरु
उ हेर त आउदै छ नया बर्ष……….

सल्लेरी दैलेख
हाल महाराष्ट्र