राप्रपाको शुभकामना आदानप्रदान कार्यक्रम
सुर्खेत
१ वैशाख २०७४ .
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति सुर्खेतले आयोजनामा नयाँ वर्ष २०७४ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
उक्त शुभकामना आदानप्रदान कार्यक्रममा चियापानको समेत आयोजना गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतका संचार प्रतिनिधि प्रेम विसीले जानकारी दिनु भएको छ ।
कार्यक्रम मुकुन्दश्याम गिरीको प्रमुख आतिथ्यता एवम् जिल्ला कार्य समितिका अध्यक्ष मान बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा एमाले र काँग्रेसबाट ६२ जनाले राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका थिए ।






