Loading... आजः ६ जेष्ठ २०८१, आईतवार । Sunday 19th May 2024

देउती नागरिक यातायातको शुभकामना आदानप्रदान

सुर्खेत
२ वैशाख २०७४ ।

सुर्खेतबाट संचालित देउती नागरिक यातायात प्रा.लि. ले नव वर्ष २०७४ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
आज भएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रा.लि. का अध्यक्ष कमल खड्का (जुनी) ले शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै भन्नु भयो – दशैंसम्म ५ वटा ठूला गाडिहरु ल्याउने सोचमा छौ । ३२ सिटे उक्त गाडिहरुमा शौचालय समेतको व्यवस्था हुनेछ । प्रा.लि.ले अहिलेसम्म गरेका र भविष्यमा यातायात सम्बन्धि बनाइएका योजनाहरुको बारेमा शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित पत्रकारहरुसँगको छलफलमा यस्तो कुरा बताउनु भएको हो ।


अध्यक्ष खड्काले भन्नुभयो – स्वच्छ, प्रतिस्पर्धात्मक व्यवसाय संचालन गर्न पाउनु सबैको अधिकार हो । तर ठूला माछाले साना माछालाई खान्छ भने भँैm यहाँ ठूला र पुराना यातयात व्यवसायीहरुले नयाँ र साना व्यवसायीहरुलाई हेप्ने गरेकोमा हाम्रो आपत्ती छ । बिसौँ बर्षदेखि संचालन हुँदै आएको मध्यपश्चिम यातायातलाई अंकित गर्दै उहाँले भन्नुभयो – जसले यात्रुहरुलाई सेवा सुविधा प्रदान गर्न सक्छ यात्रुहरु उसकै गाडिमा चढ्छन् । तर उहाँ बलजफ्ती गर्ने संस्कृतिकोले अन्य व्यवसायीहरुलाई धरापमा पार्ने गरिएको छ । एकात्मक तरिकाले गाडिहरु संचालन गर्दै आइरहेको मध्य समिति अहिले पनि २०५२ साल तिरैकै झझल्कोमा छ । तर त्यो भन्दा पछाडि अरु धेरै समितिहरु स्थापना भएर स्थापित समेत भइसकेका छन् । कसैको पनि एकाधिकार अब कसैले पनि मान्न सक्ने अवस्था छैन । अधयक्ष खड्काले भन्नुभयो – बसपार्क कुनै व्यक्तिको होइन तर हामीलाई शुरुका दिनहरुमा बसपार्क टिकट काउण्टर समेत राख्न दिइएन । शुभकामना आदानप्रदान कार्यक्रममा देउती नागरिक यातायात प्रा.लि. का अध्यक्ष कमल खड्का (जुनी) ले भन्नुभयो – यातायात संचालन बलको भरमा भन्दा पनि सेवाको भरमा चलाउने हो भने कसैले कसैलाई असर गर्दैन ।

प्रा. लि. का सल्लाहकार भीम महताराले भन्नुभयो – हामीले गाडि चालक, सहचालकहरुलाई समेतसँगै बैठक बसी विभिन्न निर्देशनहरु समेत दिने गरेका छौ । साथै उनीहरुले चालक चलाइरहेको समयमा मापसे सेवन गरे नगरेको निगरानी समेत गरिरहेका छौ ।
देउती नागरिक यातायातका गाडिहरु अहिले दैलेख बजार, दैलेखको कुसापानी, जाजरकोट, सुर्खेतको बाबियाचौर लगायतमा ठाउँहरुमा संचालन भइरहेका छन् ।