वडा कार्यालयको उद्घाटन
सुर्खेत
राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ५ मा पार्टी कार्यालयको स्थापना गरेको छ ।
पूर्व सहमहामन्त्री एवम् कार्यक्रमका प्रमुख अतिथि मुकुन्दश्याम गिरीले एक औपचारिक कार्यक्रमका बिच पार्टी कार्यालयको उद्घाटन गर्नुभएको हो ।

पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गिरीले भन्नु भयो – अहिले देशमा सत्य र निष्ठाको राजनीति गर्ने राष्ट्रवादी पार्टी राप्रपा भएकोले जनताले दिन प्रति हाम्रो पार्टी प्रति विश्वास गरिरहेका छन् । त्यसैले गाउँ गाउँमा वडा वडामा टोल टोलमा हामी विस्तारित भइरहेका छौ ।
कार्यक्रममा जिल्ला कार्य समितिका पदाधिकारी एवम् सदस्य, नगर समितिका पदाधिकारी एवम् सदस्य, क्षेत्रीय समितिका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम वडा नं. ५ का वडा प्रमुख जगत भण्डारीको अध्यक्षतामा भएको थियो भने जनकसिह ठकुरीले संचालन गर्नुभएको थियो ।






