Loading... आजः २३ आश्विन २०८३, शुक्रबार । Friday 9th October 2026

माओवादी केन्द्र सुर्खेतको प्रतिवद्धता पत्र सार्वजनिक

सुर्खेत १५ वैशाख
क्वीक खबर ।
नेकपा माओवादी केन्द्र सुर्खेतले स्थानीय निर्वाचनको लागि आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । आज एक पत्रकार सम्मेलनको आयोजना गरी प्रतिवद्धता पत्र सार्वजनिक गरिएको हो । वीरेन्द्रनगर नगरपालिकाका मेयर पदका उम्मेदवार रत्न बहादुर गाहा मगर लगायत निर्वाचन संयोजक गणेश भण्डारीले उक्त प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।

प्रतिवद्धता पत्र सार्वजनिक गर्दै मेयर पदका उम्मेदवार गाहा सहित

उक्त घोषणा पत्रमा सुशासन, स्थानीय अर्थतन्त्र, कृषि क्षेत्र, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, सडक यातायात तथा सञ्चार, कला संस्कृति तथा खेलकुद, सामाजिक, वातावरण संरक्षण, विद्युतिकरण, पर्यटन,, जोखिम व्यवस्थापन र योजनावद्ध शहरीकरण गरी १४ वटा विभिन्न शीर्षकलाई समेटिएको छ । साथै वीरेन्द्रनगरलाई २४ सै घण्टा खुला शहरको रुपमा विकास गरिने, किसानलाई पेन्सनको व्यवस्था गर्ने, खुला ताररहित नगर बनाउने, नगर बस संचालन गर्ने लगायत बृद्धबृद्धा एवम् बालबालिकाहरुलाई निःशुल्क उपचार प्रदान गर्ने लगायतका विषयहरु समेटिएको छ ।
माओवादी केन्द्र सुर्खेतले रत्नबहादुर गाहा मगर मेयर र हरिमाया शर्मा उपमेयरका उम्मेदवारको रुपमा अगाडि सारेको छ ।