Loading... आजः ३० आश्विन २०८३, शुक्रबार । Friday 16th October 2026

सुर्खेतमा मतदान शान्तिपूर्ण (फोटो सहित)

९५ वर्षिया जेष्ठ नागरिकले मतदान पछि निर्वाचन गराउनेलाई दिनुभयो धन्यवाद

सुर्खेत
३१ वैशाख २०७४

९५ बर्षिय जेष्ठ नागरिक प्रेम बहादुर बुढा नातिको सहयोगमा मतपेटिकामा मत खसाल्दै

स्थानीयतहको निर्वाचनको लागि ३४ जिल्लामा आज मतदान भइरहेको छ । सुर्खेत जिल्ला सबै मतदान केन्द्रहरुमा मतदान प्रक्रिया शान्तिपूर्ण वातावरणमा अघि बढिरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

यसै क्रममा वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ११ अन्तर्गत काँक्रेविहार प्रा.वि. मतदान केन्द्रमा ९५ बर्षिया जेष्ठ नागरिक प्रेम बहादुर बुढाले आफ्नो मताधिकार प्रयोग गर्नु भएको छ । यसरी निर्वाचन होला र मतदान गर्न पाउँला जस्तो लागेको थिएन तर निर्वाचन भयो यो उमेरमा पनि मतदान गर्न पाएँ भन्दै उहाँले निर्वाचन गराउने सबैलाई धन्यवाद समेत दिनुभयो ।

मतदान गर्न लाइनमा बसेका मतदाताहरु
मतदान गर्न लाइनमा बसेका मतदाताहरु
कति बेला पालो आउला भनेर पर्खिरहेका मतदाताहरु
आकस्मिक प्राथमिक उपचार केन्द्रमा सेडक्रसका पदाधिकारीहरु
मतदानको लागि लाइनमा बसेका मतदाताहरु

मतदान केन्द्रमा हुन सक्ने आकस्मिक समस्यालाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटी उपशाखा वीरेन्द्रनगर सुर्खेतले वीरेन्द्रनगर वडा नं. ५ र ६ को मतदान केन्द्रमा एम्बुलेन्स सहितको आकस्मिक प्राथमिक उपचार सेवा समेत प्रदान गरेको छ ।