Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

मतदानको समय सकियो : वैशाखको चर्को गर्मीमा पनि मतदाताको धैर्यता उत्साहपूर्ण

सुर्खेत
२०७४ वैशाख ३१

विहान ७ बजेबाट सुरु भएको मतदानको समय भरखरै सकिएको छ । आज वैशाख ३१ गते नेपालका ३४ जिल्लामा भइरहेको स्थानीय तहको निर्वाचनमा सुर्खेत जिल्लामा भएको निर्वाचन शान्त वातावरणमा भएको निर्वाचन आयोगले जनाएको छ । वैशाखे गर्मीमा पनि मतदाताहरुको धैर्यताले नेपाली जनता आफ्नो स्थानीय प्रतिनिधि छान्न कति आतुर रहेछन् भन्ने प्रमाणित भएको छ । कोही छाता ओढेर कोही टाउकोमा रुमाल राख्दै घाम छेल्ने प्रयास गरिरहेका थिए ।


सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. को चिसापानी ख केन्द्रबाट ९९ बर्षिया मनरुपा जैसीले मतदान गर्नुभएको छ । काँक्रेविहार प्रा.वि. चारकुने ख केन्द्रमा ९५ वर्षिया प्रेमबहादुर बुढाले मतदान गर्नुभएको छ भने वीरेन्द्रनगर १३ स्थित करैखोला नेरामावि केन्द्रमा १०७ बर्षिया रुद्रकली बुढाले मतदान गर्नुभएको छ ।


निर्वाचन  भएका ३४ जिल्लाहरुमा समग्रमा ७० प्रतिशत मत खस्ने अनुमान निर्वाचन आयोगले गरेको भएपनि सबै यथार्थ विवरण भने आउन बाँकी छ ।

छिटफुट घटना बाहेक ३४ वटै जिल्लामा मतदान शान्त वातावरणमा भएको छ । मत गणना आजैबाट शुरु हुने निर्वाचन आयोगलले जनाएको छ ।