Loading... आजः १० असार २०८३, बुधबार । Wednesday 24th June 2026
ताजा खबर
  

वीरेन्द्रनगरको प्रमुखमा सुवेदी उपप्रमुखमा ढकाल

प्रदेश नं. ६ को सम्भावित राजधानी वीरेन्द्रनगरको नगरप्रमुखमा नेपाली काँग्रेसका देवकुमार सुवेदी बिजयी हुनुभएको छन् । उहाँले १४ हजार ४ सय ५ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका बालाराम शर्माले १३ हजार ८ सय ९९ मत प्राप्त गर्नुभएको थियो ।


त्यसैगरी वीरेन्द्रनगरको उपप्रमुखमा नेकपा एमालेका मोहनमाया ढकाल विजयी हुनुभएको छ । यहाँले १६ हजार ६८ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका जानकी सिहले १४ हजार २६ मत प्राप्त गर्नुभएको थियो ।
वीरेन्द्रनगर नगरपालिकाको वडाको निर्वाचनमा वडा नं. १, २,४,८,१०,११,१२,१३ र १५ मा नेकपा एमालेले विजयी प्राप्त गरेको छ भने ३,५,६,७,९ र १६ मा नेपाली काँग्रेसले विजयी प्राप्त गरेपनि १४ नं. वडामा माओवादी केन्द्रले विजयी प्राप्त गरेको छ ।
माओवादी केन्द्रको तर्फबाट नगर प्रमुख पदका प्रत्यासी रत्नबहादुर गाहा मगरले ५ हजार २ सय ३७ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रिएका गेहेन्द्रप्रसाद दहालले १ हजार ८ सय ९४ मत प्राप्त गर्नुभएको छ ।