अपडेट : घाइते चालकको मृत्यु
१३ जेठ, काठमाडौं । सोलखुम्बुको लुक्ला विमानस्थलमा गोमा एयरको विमान दुर्घटनामा परेको छ । दुर्घटनामा गम्भीर घाइते भएका विमानका चालक पारस राईको उपचारका क्रममा मृत्यु भएको छ भने चालक दलका दुई सदस्य पनि घाइते छन् ।
काठमाडौंबाट उठेको गोमा एयरको कार्गो विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो । विमान धावनमार्गबाट केही तल खसेको र अगाडिको भागमा क्षति पुगेकाका कारण चालक राईको उद्दारमा कठिनाई भएको थियो ।
उद्दार लगतै काठमाडौं ल्याउन हेलिकोप्टर पठाइएको भएपनि मौसम खराब भएका कारण सम्भव भएन । उनको लुक्ला अस्पतालमा उपचारका क्रममा निधन भएको सोलखुम्बु प्रहरीले जनाएको छ ।






