Loading... आजः २६ आश्विन २०८३, सोमबार । Monday 12th October 2026

आभारभूत पत्रकारिता तालिमको उद्घाटन

१५ जेठ २०७४
सुर्खेत ।

जिल्ला समन्वय समिति सुर्खेतको समन्वय एवम् नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको आयोजनामा आजदेखि आधारभूत पत्रकारिता तथा उद्घोषण तालिमको उद्घाटन भएको छ ।


जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख अमृत लम्सालले औपचारिक रुपमा तालिमको उद्घाटन गर्नुभएको हो । तालिमको उद्घाटन कार्यक्रममा पत्रकार महासंघ सुर्खेत पूर्व अध्यक्ष कमलेश डि.सी., प्रेस युनियन सुर्खेतका सचिव गणेश कार्की, प्रेस चौतारी सुर्खेतका अध्यक्ष सूर्य प्रकाश कंडेल, प्रशिक्षक भानुभक्त अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने शब्द स्वागत संस्थाका उपाध्यक्ष ललित बसेलले गर्नुभएको थियो ।

माया थापा, भानुभक्त अधिकारी लगायतका प्रशिक्षकहरुले प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिनुहुनेछ । तालिममा ७० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ । उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष गणेश कञ्चन भारतीको अध्यक्षतामा भएको थियो । सहजीकरण सचिव सुदीप पुरीले गर्नुभएको थियो ।