Loading... आजः १८ बैशाख २०८१, मंगलवार । Tuesday 30th April 2024

गणतन्त्रमा कलाकारले सोधे – ‘सुन नेता हो जनताले के पाए’

सुर्खेत

१६  वैशाख २०७४

भरखरै स्थानीयतहको पहिलो निर्वाचन सम्पन्न भएको छ । त्यसैलाई मध्यनजर गर्दै कलाकारहरुले जनप्रतिनिधिहरुलाई गीत मार्फत सोधेका छन् “लोकतन्त्र नि आयो देश मा गणतन्त्र नि आयो तर के पायो जनताले उस्तै छ भरिया उस्तै छ हलिया के पायो जनताले ए सुन नेता हो । यसरी गीत मार्फत नव निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको तर्फबाट कलाकारहरुले सोधेका छन् ।

सपना शाही, धिरेन्द्र शाही, बिनोद बि क र लक्ष्मी के सी को स्वर रहेको उक्त गीतमा शब्द नेम बहादुर शाही, खुम सागर भण्डारीको रहेको छ । त्यसै गरी यस गीतमा लय धिरेन्द्र शाहीको रहेको छ ।

एच. के. स्टूडियो काठमाडौँले रेकर्ड गरेर भरखरै बजारमा ल्याएको छ । यो लक्ष्मी केसी सहित चार जनाको संयुक्त एल्बम सुन नेता ज्यू मा यो गीत राखिएको कलाकार सपना शाहीले जानकारी दिनु भयो ।