Loading... आजः ५ जेष्ठ २०८१, शनिबार । Saturday 18th May 2024

बाजुरामा सेनाको विमान दुर्घटना : पाइलटको मृत्यू दुई घाइते

१६ जेठ, काठमाडौं ।

बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको विमान दुर्घटना हुँदा पाइलट महासेनानी कैलाश गुरुङको निधन भएको छ भने विमानमा भएका अन्य दुई जना घाइते भएका छन् ।

Image may contain: one or more people, mountain, sky, outdoor and nature

सुर्खेतबाट सिमिकोटको लागि उडेको एन ए ४८ स्काई प्लग जहाज सिमिकोटमा हावाको बहाव बढी भएपछि बाजुरा डाइभर्ट भएको थियो ।तर, कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर धान खेतमा पुगेको छ । दुर्घटनापछि विमानमा आगो पनि लागेको थियो नेपाली सेना र स्थानीयको सहयोग आगो नियन्त्रण गरिएको छ ।

विमानमा चालक,  सहचालक र विमान परिचारिका गरी तीन जना थिए ।

सुवेदार पूर्णबहादुर खड्का र घाइते अनिता आले छन् । उनीहरुलाई सीता एयरको विमानबाट थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।