Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

तीन करोडको लगानीमा अदुवा प्रशोधन केन्द्र संचालन हुँदै

क्वीक खबर
बाँके, बैजनाथ ।
नव जीवन एग्रो प्रा. लि. कोहलपुर बाँकेले करिब तीन करोडको लगानीमा अदुवा प्रशोधन केन्द्रको संचालन गर्न लागिरहेको छ । कृषि व्यावसायलाई बढवा दिँदै आएको नव जीवन एग्रोले प्रा.लि.ले करिब एक सय जनालाई प्रत्यक्ष रोजगारी दिनेछ भने गाउँ गाउँमा रहेका बाँझो जग्गामा अदुवा खेती गर्ने योजना समेत बनाएको छ । भौगोलिक वातावरण र अदुवाको लागि उचित मानिएका स्थानहरुमा दक्ष प्राविधिकको सल्लाह अनुसार अदुवा खेती गर्ने तर्फ कृषकहरुलाई प्रोत्साहन समेत हुने नवजीवनका संचालकहरुले बताएका छन् ।


पछिल्लो समयमा अदुवाले मानव स्वास्थ्यलाई गर्ने फाइदाहरुको बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमै विस्तुत जानकारी भइरहेको बेला स्वदेशमा उत्पादन गरिएका बस्तुहरुलाई विदेशमा समेत निर्यात गरी देशको अर्थतन्त्रमा समेत टेवा पु¥याउने लक्ष्य अनुरुप अदुवालाई बाँकेमा प्रशोधन गरी त्यसबाट तयारी भएको अदुवा पाउडर अदुवा पेस्ट,अदुवा केन्डी, अचार लगायतका बस्तुहरु एशियाका विभिन्न देशहरुमा पु¥याउने लक्ष्य राखेको संचालक माधव रिजालले बताए ।

साना तथा मझौला कृषक आयस्तरबृद्घि आयोजनासँगको सामmेदारीमा सल्यान, दैलेख र सुर्खेतका सहकारी संस्थाहरुसँगको समन्वयमा बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ६ मा मुख्य प्रशोधन केन्द्र रहने गरी जिन्जर प्रोसेसिङ एण्ड मार्केटिङ उप आयोजना नाम दिइएको यस योजनामा कृषि व्यवसाय अनुदान ६७ लाख २३ हजार ८७ रुपैँया ९ पैसा र संस्थाको सामmेदारी २२ लाख २९ हजार ६९ रुपैयाँ ७४ पैसा गरी जम्मा लागत २ करोड ९० लाख १३ हजार २ सय ५६ रुपैयाँ ८३ पैसा रहेको छ ।

संस्थाले अदुवा प्रशोधनलाई प्रभावकारी ढंगले संचालन गर्नका लागि एक छुट्टै समितिको समेत निर्माण गरेको छ । जसमा अध्यक्ष दिपकराज भण्डारी सदस्य जगत बिसी सुरेश वली, देब बहादुर खत्री र माधब रिजाललाई चयन गरिएको छ ।

संस्थाले अदुवा प्रशोधन केन्द्रको लागि आवश्यक भर्ने भवन निर्माण कार्य समेत अन्तिम चरणमा पुगेको सदस्य माधब रिजालले जानकारी दिए । सदस्य माधब रिजाल भने – युवाहरु रोजगारीको लागि खाडी मुलुकमा पुगेका छन् हाम्रा आफ्नै जग्गा बाँझा छन् तिनलाई उपयोग गरी अदुवा उत्पादन र प्रशोधन गरेर विदेशका विभिन्न स्थानलाई बजार बनाउन सक्ने हो भने रोजगारीको लागि विदेश धाउनु पर्दैन ।