Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

आठ घण्टा काम, आठ घण्टा आराम र आठ मनोरञ्जन मजदुरका अधिकार ः सुवेदी

सुर्खेत
क्वीकखबर
१८ वैशाख २०७४

नेपाली कांग्रेसका नगर सभापति एवं वीरेन्द्रनगरमा मेयरका उम्मेदवार देवकुमार सुवेदीले आसन्न स्थानीय तह निर्वाचनमा आपूmले जिते मजदुर प्रतिष्ठान बनाउने प्रतिवद्धता जनाउनु भएको छ ।

Displaying IMG_4359.JPG
पार्टी निकट नेपाल टे«ड युनियन कांग्रेसले १२८ औं अन्तर्राष्ट्रिय मजदुर दिवसका दिन आयोजना गरेको कार्यक्रममा उहाँले मजदुरहरुको साझा सवाल समस्या सम्वोधन गर्न स्थानीय तहमा मजदुर प्रतिष्ठान बनाउने प्रतिवद्धता जनाउनु भएको हो ।
आठ घण्टा काम, आठ घण्टा आराम र आठ मनोरञ्जनका माग पूरा भएपनि मजदुरको रोजगारीको सुनिश्चितता, स्वास्थ्य, विमा र सामाजिक सुरक्षाको मुद्दा भने बाँकी नै रहेको उहाँको भनाई छ ।

Displaying IMG_4331.JPG
नेपालको इतिहासमा मजदुरका मुद्दामा बोल्ने पहिलो पार्टी नेपाली कांग्रेस नै भएको दाबी गर्दै नगर सभापति सुवेदीले स्व. गिरिजाप्रसाद कोइरालाको उदय पनि मजदुर आन्दोलनबाटै भएको तर्क गर्नुभयो ।
‘मजदुर आन्दोलनको नेतृत्व गर्दै उदाएका गिरिजाबाबु यो देशको प्रधानमन्त्री बन्नुभयो ।’ मेयरका उम्मेदवार सुवेदीले भन्नुभयो, ‘यसबाटै प्रष्ट हुन्छ कांग्रेस र मजदुरबीचको सम्बन्ध कस्तो छ भनेर भनेर ।’
कार्यक्रममा टे«ड युनियन कांग्रेसका ६ नं प्रदेश संयोजक गोपालकृष्ण गिरीले मजदुर बिना देश नचल्ने भन्दै राज्यका हरेक तहमा मजदुरका अधिकार र अस्तित्व स्थापित हुनुपर्ने माग गर्नुभयो ।
नेपाली कांग्रेसले स्थानीय तहको चुनावका लागि विभिन्न पद र ओहोदामा मजदुरको नेतृत्व र प्रतिनिधित्व गराएको जिकिर गर्दै उहाँले मजदुरको योगदान नबिर्सन अन्य पार्टीहरुलाइ आग्रह गर्नुभयो ।
त्यसअघि टे«ड युनियन कांग्र्रेसमा आवद्ध विभिन्न पेशागत संघसंगठनहरुको सभागितामा मंगलगढीचौकबाट बाजागाजासहितको ¥याली निकालिएको थियो ।
बजारबाट पिपलचौतारा हुँदै वीरेन्द्रचौकमा भएको समापन समारोह नेपाल टे«ड युनियन कांग्रेस सुर्खेतका अध्यक्ष जय बिसीको अध्यक्षतामा भएको हो ।